भक्तपुरका १० जना सहित देशभर आज १८० कोरना संक्रमित , थप एक जनाको मृत्यु
भक्तपुर, असार २२ गते ।
भक्तपुरका १० जना सहति देशभर सोमबार साँझसम्म १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । भक्तपुर क्यान्सर अस्पतालका ४ जना चागुनारायण क्षेत्रका ४ जना र सूर्यविनायक बालकोट क्षेत्रका २ जनामा आज कोरना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाउनु भयोे । भक्तपुरका संक्रमित १० जना ४१ वर्ष मुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । आजै काठमाण्डौ जिल्लाका २४ जना, ललितपुरका २० जना गरी ५४ जनामा कोरना संक्रमण भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवत्ता डाक्टर गौतमका अनुसार आज थप एक जना कोरनाका कारण मुत्यु छ । असार २१ गते वाग्लुगको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषको मृत्यु भएको बताएको हो । यो सँगै कोरोना भाइरसका कारणले मृत्यु हुनेको संख्या देशमा ३५ पुगेको छ ।
आज रेड जोनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जोनमा थपिएका हुन् ।कोरना जितेर आज घर फर्किनेको संख्या भने आज २६४ रहेका छन् भने क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नौ हजार ११८ जना रहेका छन् । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज भएका छन् ।
भक्तपुर क्यान्सर अस्पताल लगायत भक्तपुरमा कोरना संक्रमित देखिएका क्षेत्रमा सिल गरेको छ । अस्पताल क्षेत्रमा र समुदाय स्तरमा के कसरी कोरना संक्रमण भयो भन्ने बारेमा थप अध्ययन अनुसन्धानको आवश्यकता रहेको भन्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत मिजारले यसै गरी संक्रमण वृद्धि नहोस भन्नका लागि राज्यले नै ठोस कदम चाल्न आवश्यक भएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका र अस्पतालहरुले मात्रै संभव नहुने भएकाले लक डाउनको मोडालिति मै परिर्वतन गर्न आवश्यक देखिएको उहाँले जनाएको छ ।














