नेपालमा थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । थप दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट गएको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ कैलालीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा असार ३ गते सेती प्रादेशिक अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएको उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । लगतै उहाँलाई प्रादेशिक अस्पतालमा सारिएको थियो । अस्पताल मै उहाँको निधन भएको हो । त्यस्तै लम्की चुहा नगरपालिका–२ कैलालीकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । टाउँकोमा लागेको चोटका कारण गत जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा भर्ना गरिएको ती महिलाको शल्यक्रिया गर्नुअघि यही असार २ गते पीसीआर टेष्ट गर्न स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते उपचारत उहाँको अस्पतालमै निधन भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या २२ पुगेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














