भक्तपुर, जेष्ठ ३१ गते
लक डाउन खुल्न थालेसँगै भक्तपुरका बजारमा चहलपहल बढ्न थालेको छ । लक डाउन खुलेको पहिलो दिनमै स्वास्थ्य मन्त्रालयले भने ४ सय ४८ जनामा कोरना संक्रमण पुष्टि गरेकोे छ । देशमा कोरना संक्रमितको संख्या ५ हजार नाघि सकेको छ । योबेला देशमा कोरनाको जोखिम थप बढ्न सक्ने संकेट गरेको छ । त्यसैले थप सुरक्षित व्यवहार अपनाउन आवश्यक भएको महसुस गराएको छ । सुरक्षित व्यवहारका लागि सेनिटाईजरको प्रयोग गर्न अति आवश्यकता हुन्छ । ब्यापारिक निकायमा त यसको प्रयोग झन बढी रहन्छ । कोरना भाइरसको रोक थामका लागि सेनिटाईजरको प्रयोग गर्ने वृद्धि भएसँगै बजारमा यसको अभाव भइरहन्छ । त्यसपछि घरेलु सेनिटाईजरको प्रयोग पनि बढ्न थालेको हो । ७० प्रतिशत अल्कोहल भएको सेनिटाईजरले मात्रै कोरना भाइरस लगायतका किटहरु नास गर्न सक्ने विज्ञहरुको मत छ । सेनिटाईजर प्रयोग भन्दा साबुन पानीले मिचि मिचि हात धुनु नै राम्रो मानिए पनि सधै हात धोइराख्न संभव नहुने बेला सेनिटाईजरको विकल्प छैन ।

यो बेला घरेलु सेनिटाईजर बनाउँदा पनि यसै गरी विज्ञहरुको प्रशिक्षण अनुसार सहि विधिले बनाएर यसको उपयोग गर्न सकिए कोरना भाइरसको जोखिमका बाबजुत खुल्लेको बजारमा सुरक्षित व्यवहार अपनाउन सहज हुने देखिन्छ । यसै अभिप्रायका साथ भक्तपुरका उद्यमी व्यवसायीहरुका लागि भक्तपुर उद्योग वाणिज्य संघले एक दिने सेनिटाईजर बनाउने तालिम दिएको छ ।
संघ अन्र्तगत गठन भएको तालिम तथा सीप विकास समितिको संयोजनमा भएको उक्त तालिममा विभिन्न क्षेत्रका महिला र पुरुषहरुको सहभागिता रहेको जनाएको छ । सामाजिक दुरी कायम गर्दै संघको सभाहलमा प्रशिक्षक सृजना नकर्मीले प्रशिक्षण दिएको थियो । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु हुँदै संघका अध्यक्ष प्रदिप श्रेष्ठले मौजूदा अवस्थामा कोरोना संक्रमणबाट बच्नका लागि अत्यावश्यकीय बस्तुमा सेनिटाईजर पनि भएको कारणले गर्दा स्थानीय रुपमै यसको सहज उपब्ध गराउने उदेश्यले तालिमको आयोजना भएको बताउनु भयो । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले सिकेको सीपलाई औद्योगिक प्रयोजनमा बदल्न सक्नुपर्ने र यसका लागि संघ सहयोग गर्न तत्पर रहने बताउनु भयो । कार्यक्रममा संघ अन्तर्गत गठन भएको तालिम तथा सीप विकास समितिका संयोजक पृथ्वीभक्त प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको संघका महासचिव रोशनमैया धौबन्जाले बताउनु भयो ।














