भक्तपुर, कार्तिक १७ गते । भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले प्रतियोगिताको आज उद्घाटन गर्नु हुँदै अध्यक्ष विजुक्छेले जनप्रतिनिधी र खेलाडीहरुको ध्यानाकर्षण गराउँनु हुँदै हामी र हाम्रो शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनुको मुख्य कारण हाम्रो देश र जनताको सेवाको निम्ति हो भन्नु भयो । जसरी नक्कल गरेर राम्रो विद्यार्थी हुन सक्दैनौं त्यसरी नै जालसाझी र पक्षपात गरेर अगाडि बढ्न नसक्ने भन्दै अध्यक्ष विजुक्छेले खेलकूद क्षेत्रमा माथिलो क्षेत्रबाट पक्षपात हुन लागेकाले त्यसको खण्डन र निन्दा गर्दै जानुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेले भन्नु भयो हाम्रो पक्षबाट कुनै किसिमको पक्षपाट गर्नु हुन्न भन्नेकुरा मनमा लिनुपर्छ । भक्तपुरलाई खेलकूदको राम्रो संभावना भएको क्षेत्रको रुपमा पनि विकास गरौं अध्यक्ष विजुक्छेले जोड दिनु भयोे । उद्घाटन सत्रमा प्रस्तुत जिम्यास्टिक खेलको अवलोकन गर्नु हुँदै अध्यक्ष विजुक्छेले प्रदर्शनी आर्कषक र अत्यन्त राम्रो भएको बताउनु हुँदै खेललाई शारीरिक कला प्रदर्शनीको रुपमा लिनुपर्नेमा जोड दिनु भयो । भक्तपुर नगरका ९२ विद्यालयहरु मध्ये ७४ विद्यालयका विद्यार्थीहरुले ६ सय १५ पदकका लागि आयोजना गरिएको सो प्रतियोगितामा १४ वटा खेलहरु समावेस गरीएको आयोजकहरुले बताएका छन् ।

कार्यक्रमको सभापतित्वग्रहण गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले निर्वाचनको बेला जनताको बीचमा गरेको बाचा अनुसार हरेक वर्ष अन्तरनगर खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनु भयो । विगतका वर्षमा सम्पन्न गरेका प्रतियोगिताहरुबाट हौसला बढाएको उहाँले बताउनु भयो । हरेक नगरवासीलाई स्वस्थ बनाउन खेलकूदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्न आवश्यकता देखिरहेको बताउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरका सबै वडाहरुमा व्यायामस्थलहरुको निर्माण गरी सबै नागरिकहरुलाई शारीरिक र मानसिक रुपले स्वस्थ बनाउने सोचले काम गरिरहेको बताउनु भयो । नेमकिपाका केन्द्रीय सदस्य समेत रहनु भएका नगर प्रमुख प्रजापतिले नगरवासीहरुको स्वास्थ्यमा विगतमा भन्दा फरक दृख्यहरु देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै पहिले झाडापखालाका कारण धेरैको ज्यान जाने गरेको भन्दै अहिले क्यान्सर, मृगौला रोग, चिनी रोग, उच्च रक्तचाप, मष्तिस्कघाट जस्तो नसर्ने रोगहरु बढी देख्न थालेको बताउनु भयो । विज्ञहरुका अनुसार शारीरिक व्यायामको कमि, मिसावटयुक्त खाना, विषधीयुक्त तरकारी आदिका कारण यस्तो नसर्ने रोगहरु लागेका हुन नगर प्रमुख प्रजापतिले बताउनु भयो । नगरपालिकाले रोगलाग्नु भन्दा रोग लाग्नै नदिने पक्षमा ध्यान दिन्दै खेलकूदका विभिन्न तालिमहरु आयोजना गर्दै आएकोमा जोड दिनु भयो । यो वर्ष देखि भक्तपुर नगरपालिकाले विद्यालयहरुमा खेलकूद प्रशिक्षकहरुको पनि व्यवस्था सुरु गरिएको बताउँदै उहाँले स्तरीय प्रशिक्षणले मात्रै राम्रा राम्रा खेलाडीहरु उत्पादन हुने बताउनु भयो ।

भक्तपुर नगरपालिकाले राष्ट्यि, अन्तर्राष्ट्यि खेलाडी उत्पादनका लागि प्रशिक्षणसँगसँगै खेल सामग्रीहरुको पनि विकास गर्दै खेलकूदको भौतिक पूर्वाधारलाई पनि जोड दिन्दै आएको नगर प्रमुख प्रजापतिले बताउनु भयो ।
राष्ट्यिस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न नेपाली सेनासँग छलफल गर्दै सिद्धपोखरीसँगैको खेलमैदानमा जेष्ठ १ गते देखि सर्वसाधारण जनताका छोरा छोरीले खेल्न पाउने गरीलाई विहान ७ः३० देखि विहान ११ः३० दैनिक ४ घण्टा, शनिवार विहान ११ बजे देखि ३ बजेसम्म, विदाको दिन विहान ६ बजे देखि साँझ ५ बजेसम्म खुल्ला रहने गरी खेल मैदानमा तारबार लगाएर मर्मत सम्भार समेत सम्पन्न गरेको बताउनु भयो ।
धेरै वर्षपछि यो वर्ष सो खेल मैदान प्रयोग गर्न पाउने भएको भन्दै उहाँले नगरवासीहरुको हितलाई ध्यान दिएर जिल्ला प्रशासन, सुरक्षा निकायसँग सहकार्य गर्दै आएको जानकारी दिन्दै अनुशासित रुपले खेल प्रदर्शन गरी जित्नको लागि भन्दा पनि अनुशासन प्रर्दशन र सिक्नको लागि, अझ राष्ट्यि अन्तर्राष्ट्यि स्तरसम्म पुग्नको लागि प्रेरित भएर खेल प्रदर्शन गर्न आग्रह गर्नु भयो ।

सो अवसरमा प्रदेश साँसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले खेल क्षेत्रमा प्रोत्साहन र हौसला दिन्दै आएको उल्लेख गर्दै अत्यन्त मित्रवत अनुशासित भएर एक जना असल विद्यार्थी र प्रतिस्पर्धी खेलाडीको रुपमा पनि उभ्याउने विश्वास व्यक्त गर्नु भयो । २१ औं शताब्दीमा खेलकूद सौखको विषय मात्र होइन, ठूलाबडाको सौखको विषयमात्र बन्न सक्दैन, तल्लतप्काका जनताको आवश्यक विषय बनिसकेको र जीवनको अभिन्न र आवश्यकता बनिसकेको भन्दै अभिवावक र समाजका अग्रजहरुले नयाँ पुस्तालाई खेलकूदमा अगाडी बढाउन आग्रह गर्नु भयो ।
खेलकूदको माध्यमबाट समाजले देशको लागि मानसिक र शारीरिकरुपमा स्वस्थ नागरिकहरु , हृष्टपुष्ट, फरासिलो दिमाग, सोच भएको नागरिक तयार पार्न सबै मिल्नुपर्नेमा जोड दिनु भयो । खेलकूदको विकासका लागि दक्षजनशक्ति र पूर्वाधारको व्यवस्थित विकासको आवश्यकतामा जोड दिन्दै यस क्षेत्रमा देखिएका अप्रजातान्त्रिक गतिविधिहरु खेद जनक रहेको बताउनु भयो । देशको प्रजातन्त्रको अनुभूति घरदैलो र विद्यार्थीहरुमा अनुभूति गराउन खेलकुदको विकास अनिर्वाय छ भन्नु भयो ।

खेलकूद क्षेत्रमा देखिएका भेडभाव, पक्षपात, अनियमिता, भ्रटाचारलाई टुंग्याउन आवश्यक छ उहाँको जोड छ । स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको निम्ति अनुशासनलाई नभूलि यो देशको लागि, समाजको लागि, जिल्लाको लागि, नगरको लागि खेल्छु, दाजुभाई दिदीबहिनी, अभिभावकको लागि खेल्छु भने भावनाका साथ खेल्न आग्रह गर्दै आफू एक जना विद्यार्थी हुँ र यो देशको भविष्यका कर्णधार पनि बन्नेछु भन्ने अठोतका साथ खेल खेल्न अनुरोध गर्नु भयो ।
कार्तिक १७ गते देखि २३ गतेसम्म हुने यस प्रतियोगितामा स्वागत मन्तव्य व्यक्त गर्नु हुादै उपप्रमुख रजनी जोशीले विद्यार्थी भाई बहिनीहरुलाई उज्वल भविष्यको प्रतिविम्बिको रुपमा नयाँ पुस्तालाई सक्षम बनाउन शरीरिक र मानसिसरुपले स्वस्थ बनाउन महत्वपूर्ण माध्यमको रुपमा खेलकूदलाई लिइ आएको बताउनु भयो । युवा पुस्तामा अनुशासित हुने, मित्रता बढ्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने भावनाले जागरित गर्न सके युवाहरुलाई परिश्रम र परिवर्तन प्रति सचेत गर्न, मध्यपान, धुम्रपान तथा लागु पदार्थ दुर्वेषनीबाट जोगाउन सकिने बताउनु भयो । यी युवाहरुले देशको सार्वभौमिकता रक्षा गर्न सक्दछ भन्नेमा भक्तपुर नगरपालिकाले विश्वास लिएको भन्दै उपमेयर जोशीले समाज विकासको परिपूर्वकको रुपमा नेमकिपाको घोषणा पत्रलाई आधार बनाई नगर निर्माणका अतिआवश्यक विषयहरु शिक्षा, स्वास्थ्य, खेलकूद, सरसफाई र सम्पदा संरक्षण लगायतमा प्राथमिकताका साथ काम गरिरहेको र थप गर्न सके समाज विकास र देश विकास टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

जनप्रतिनिधी उकेश कवांले धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा जनप्रतिनिधी रविन्द्र ज्याख्वले पनि बोल्नु भएको थियो । जिम्यास्टिक खेलको प्रदर्शनी हुनुका साथै खेलाडी, रेफिहरुको तर्फबाट पनि सपथ ग्रहण गरेको थियो । प्रतियोगिता उद्घाटन गर्नु अगाडि दत्तात्रय मन्दिर परिसरबाट विद्यार्थी खेलाडीको प्रभातफेरी आयोजना गरिएको थियो । पहिलो दिनमा ४ वटा खेलकूदको प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ ।













