भक्तपुर, जेष्ठ २६ गते
भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि कोरना संक्रमण भए नभएको बारे परीक्षण कार्य थालिएको छ । गएराती सो अस्पतालमा सुत्केरी गराएकी ३६ वर्षिय महिलाको मृत्यु भएको थियो । मृतकको स्वाब संकलन गरी टेकुमा कोरना परीक्षणको लागि पठाएको छ । रिर्पोट आइन नसकेकाले संक्रमण भए नभएको खुलेको छैन। । सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ३ घर भएका मृतक महिला हाल भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४ मा बस्दै आएको प्रहरीले जनाएको छ । सुत्केरी पछि आमाको मृत्यु भए पनि बच्चाको स्वास्थ्य सामान्य रहेको छ भने सो बारे विस्तृत जानकारीको लागि अस्पताल प्रशासन बैठकमा रहेको मेडिकल डाइरेक्टर सुमित्रा गौतमले जनाएको छ । मृतक महिलाको स्वाब परीक्षण इमरजेन्सी केसको रुपमा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकाले आज साँझ सम्म रिपोर्ट आउन सक्ने बताएको छ ।














