भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
भक्तपुर, मंसिर ४ गते, भक्तपुर नगरपालिका वडा नं। १० स्थित बेखाल स्वास्थ्य केन्द्रदेखि कमलविनायक चोकसम्मको नगरकोट सडक खण्डमा मर्मत तथा स्तरोन्नति कार्य हुने भएको छ। वडा कार्यालयले आज ९मंसिर ५ गते शनिबार० देखि उक्त कार्य सुरु हुने जनाउँदै काम अवधिभर वैकल्पिक बाटो प्रयोग गरी सहयोग गरिदिन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ। आज भक्तपुर नगरपालिका वडा नं. १०का जनप्रतिनिधी, डिभिजन बन कार्यालय भक्तपुरका प्राविधिक तथा ठेक्केदार बीच भएको स्थलगत निरिक्षण पश्चात भोलि देखि निर्माण कार्य थाल्ने निश्चित गरेको हो । भक्तपुर नगरपालिका १० नं। वडा कार्यालय, कमलविनायकले जारी गरेको सूचनाअनुसार सडक मर्मत र स्तरोन्नतिको काम जारी रहने अवधिभर सो खण्डमा आवतजावत गर्दा वैकल्पिक मार्ग अपनाउनुपर्नेछ। पूर्वाधार सुधार तथा सडक स्तरोन्नतिका क्रममा हुने आवागमनको असुविधाप्रति वडा कार्यालयले क्षमायाचना गर्दै स्थानीयवासी र यात्रुवर्गबाट सहकार्यको अपेक्षा गरेको छ।
नगरकोट जाने–आउने तथा कमलविनायक–बेखाल क्षेत्र प्रयोग गर्ने सवारीसाधन र पैदलयात्रुलाई मर्मत अवधिभर वैकल्पिक मार्ग रोज्न सहज हुने गरी यात्राको योजना बनाउन सूचित गरिएको छ। विद्युत, टेलिकम, इन्टरनेट सहितका बाहिरी टारहरुलाई भूमिगत गर्न पाइप बिछ्याउनेक्रममा हिलामे र धुलामे भएपछि ३५ लाख लागत इष्टिमेटमा सो सडक निर्माणकालागि डिभिजन सडकले ठेक्का लागाएको थियो । ठेक्का लागेर पनि जेन्जी आन्दोलनको बाहानामा सो सडक निर्माण कार्य विलम्ब भइरहेको भन्दै स्थानीयवासीको गुनासो र समस्यालाई मध्यनजर गर्दै स्थानीय वडाका जनप्रतिनिधीहरुको पहलमा सो सडक निर्माण कार्य थालनिकालागि आज स्थलगत निरिक्षण भएको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
2026-11-20 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृतहिजोबाट सुरु भएको भक्तपुर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद...
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
2026-11-20 Comments Off on मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनी
मध्यपुर थिमिमा आज ‘नेपाल–जापान सांस्कृतिक महोत्सव २०८३’ आयोजना दुई देशको कला र सम्पदाको प्रदर्शनीभक्तपुर, मंसिर ४ ९२०८३० — नेपाल र...
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
2026-11-20 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण
नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण२०८३ मंसिर ४, शुक्रबारनगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा...
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
2026-11-20 Comments Off on भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
भक्तपुरको बेखाल–कमलविनायक सडक खण्डमा मर्मत तथा स्तरोन्नति सुरु हुँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहभक्तपुर, मंसिर ४ गते, भक्तपुर नगरपालिका वडा...
फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ
2026-11-20 Comments Off on फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ
फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ भक्तपुर, मंसिर ४ । अदालतको...














