फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ

फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता : ७६ लाख बढी बिगो र जरिवाना तोकिएका ४ फरार पक्राउ

भक्तपुर, मंसिर ४ । अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले मिति २०८३ मंसिर ४ गते उनीहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा पेस गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका तीन जना र लेनदेन मुद्दाका एक जना रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका तीन जनाबाट कुल १५ दिन कैद, ३ लाख ९० हजार रुपैयाँ जरिवाना, १३ हजार ५ सय रुपैयाँ पीडित राहत कोष र ६७ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, लेनदेन मुद्दामा पक्राउ परेका एक जनाको हकमा २ वर्ष कैद र ९ लाख रुपैयाँ बिगो ठहर भएको छ ।

पक्राउ परेका चारै जनाबाट कुल २ वर्ष १५ दिन कैद, ३ लाख ९० हजार रुपैयाँ जरिवाना तथा बिगो र पीडित राहत कोष गरी ७६ लाख ६३ हजार ५ सय रुपैयाँ असुलउपर हुन बाँकी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।