भक्तपुर, बैशाख १९ गते
भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघले भक्तपुर जिल्लाका चारवटै स्थानीय तह (नगरपालिका) को विपद व्यवस्थापन कोषमा जम्मा रु.१५०,०००। (एक लाख पचास हजार) मिति २०७७ बैशाख १८ गते संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको नेतृत्वमा उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, संचालक चण्डिका छुंका र व्यवस्थापक बालकृष्ण धोजुको टोलीले भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीलाई रु.६०,०००। (साठी हजार रुपैंया), मध्यपुर नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई रु.४०,०००। र चाँगुनारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि तिमिल्सीनालाई २०,०००। र सुर्यविनायक नगरपालिकालाई रु.३०,०००। रकम खातामा जम्मा गरी पत्रसहित भौचर हस्तान्तरण गर्नु भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन संघको समुदायिक विकास कोषबाट उक्त रकम सहयोग गरेको बताउनुभयो । संघले आबद्ध सदस्य संस्थाहरुलाई नेपाल सरकारको एकद्धार नीति अनुसार स्थानीय तह (नगरपालिका) मार्फत सहयोग गरी महामारी रोकथाम एंव नियन्त्रणमा सहयोग पु¥याउन अनुरोध गरिएको जानकारी गराउनुभयो । साथै संघका सदस्य संस्थाले प्रदान गरेको सहयोगको अभिलेख राख्दै आएको कुरा बताउदै हालसम्म रु.१०,६६,५००। (दश लाख छैसठी हजार पाँच सय रुपैंया) आर्थिक तथा भौतिक सहयोग स्थानीय तहको विपद व्यवस्थापन कोषमा जम्मा भएको जानकारी समेत गराउनु भयो ।
वहाँले बन्दाबन्दीको अवस्थामा सहकारी संघ संस्थाले अति आवश्यक सेवा प्रदान गर्नुहुन भनि संघीय सहकारी विभाग र वागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले परिपत्र अनुसार संघमा आबद्ध १९८ सहकारी संस्थाहरुमध्ये अधिकांश सहकारी संस्थाले सुरक्षात्मक उपायहहरु अपनाई संस्था अनुकुल सदस्यलाई सिमित सेवा पु¥याइरहेको जानकारी दिनुभयो । साथै संघले पनि सदस्य संस्थाको तरलता अभाव हुन नदिन र महामारीको अवस्थामा जनचेतनामूलक सूचना सम्प्रेशन गर्न सुरक्षात्मक उपाय सहित कार्यालय नियमित संचालन गरेको जानकारी गराउँदै सो कार्यमा नगरपालिकाको आवश्यक साथ सहयोग र समन्वयको लागि अनुरोध समेत गरेको बताउनुभयो ।














