ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
भक्तपुर
भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा समितिको आयोजनामा नवनिर्मित ‘ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवन’को समुद्घाटन तथा सम्मान कार्यक्रम आगामी गत शनिबार आयोजना गरेको छ ।
समितिका अनुसार २०७५ साल फागुन २३ गतेदेखि ॐ कारेश्वर मन्दिर परिसरमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका दानवीर दाताहरूबाट सङ्कलित दानभेटी, प्रदेश सरकार तथा स्थानीय निकायको सहयोगमा उक्त बहुउद्देश्यीय सामुदायिक भवनको निर्माण सम्पन्न भएको हो।
सामुदायिक भवनको समुद्घाटनसँगै महायज्ञमा अतुलनीय योगदान पु¥याई उच्च मूल्याङ्कनमा पर्न सफल महानुभावहरूलाई सम्मानपत्र वितरण गरेको थियो ।


बजे ॐ कारेश्वर मन्दिर परिसरमा आयोजना गरिने समितिका अध्यक्ष मदन बहादुर थापाको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपसभामुख÷प्रमुख अतिथि भरत बहादुर खड्का (अ.प्रा.) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधी जितेन्द्र मुनकर्मी सहितका अतिथिहरुले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा भवन निर्माणका लाग सहयोग गर्ने रेडियो जनसञ्चार सहित विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सो अवसरमा सम्मान पत्र प्रदान गरिएको थियो ।










