भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर
भक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी उत्तीर्ण वडावासीहरूलाई बधाई ज्ञापन, प्रशंसापत्र वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा प्राप्त गरेका व्यक्तिहरू विज्ञानसम्मत र सचेत हुने भएकाले नेमकिपाले ुएक घर एक स्नातकुको लक्ष्यका साथ ख्वप कलेजहरू स्थापना गरेको बताउनुभयो। रसुवाको भोटेकोसी नदीको हिमपहिरोको ऐतिहासिक अभिलेखबाट पाठ सिक्दै पूर्वसूचना प्रणाली र सुरक्षित बस्ती विस्तार गरेको भए हालको क्षति हुन नपाउने उल्लेख गर्दै उहाँले भेलबाढी र सुरुङमा परेकाहरूको उद्धारका लागि सरकारले समयमै मित्रराष्ट्रहरूबाट प्राविधिक तथा उपकरण सहयोग जुटाउन नसकेको भनी आलोचना गर्नुभयो। साथै, पञ्चायती शासकहरूले पार्टीविरुद्ध भक्तपुर काण्डको षड्यन्त्र रचे पनि जनआन्दोलन २०४६ ले उक्त व्यवस्था समाप्त पारेको स्मरण गराउँदै नयाँ पुस्तालाई उच्च शिक्षा हासिल गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न उहाँले आह्वान गर्नुभयो।


कार्यक्रमका सभापति एवम् वडा नं। ६ का वडाध्यक्ष हरिराम सुवालले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न बधाई कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँहरूलाई निरन्तर अध्ययनशील भई समाज सेवामा समर्पित हुन आग्रह गर्नुभयो। ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले शिक्षाको स्तरले नै देशको मूल्याङ्कन हुने धारणा राख्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र कला(संस्कृति संरक्षणमा सराहनीय काम गरिरहेको बताउनुभयो।
त्यसैगरी, नेक्राशिसङ्घ भजिसका अध्यक्ष गणेशराम थुसाले ुएक घर एक स्नातकुको अभियान सफल भइसकेकाले अब ुएक घर एक पीएचडीु तयार गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडा सदस्यहरू गोविन्द दुवाल र गोपिकृष्ण चाँगुभारीसहित सिद्धिराम सुवाल तथा विद्यार्थीहरू यजु बजिको, जुबेल अवाल र सम्झना खाइजुले समेत आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।













