भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको गुनासोलाई पनि मध्ये नजर गरी होस्टेलमा अनुगमन गरेको संयाजक गोराले भन्नुभयो ।
चौध जना विद्यार्थी बसेको ग्लोबल होस्टेल नविकरण गर्ने, फ्रिज सफा र व्यवस्थित गर्ने, भान्छा कोठाको सरसफाईमा ध्यान दिने निर्देशन दियो । बीस जना विद्यार्थी रहेको ख्वप होस्टेल नविकरण गर्ने र सरसफाइमा ध्यान दिने निर्देशन दियो । चौध जना भएको भिजन गल्र्स होस्टेलमा तीन बर्षदेखि विना दर्ता संचालन गरेको पाइएकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिई सरसफाईमा ध्यान दिने, भान्छा व्यवस्थित गर्ने, खानेकुरा र खानेपानी व्यवस्थित नभएको र सरसफाईमा ध्यान दिनुपर्ने निर्देशन दियो ।
अनुगमनमा भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर अधिकृत प्रभाष कुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धरको सहभागिता थियो ।













