बचत फिर्ता गर्ने सन्देश 

बचत फिर्ता गर्ने सन्देश 

                                  🖌️आर.के. विद्रोही 

साथी मैले विश्वास गरी,

जग्गा बेचेको धन तिमीलाई थमायौ,

“घर किन्नैपर्ने” भन्ने सर्त राखेर,

आशा र भरोसाका साथ दियौ ।

मैले पनि विश्वास गरेको थिएँ,

छिट्टै सबै फिर्ता गर्नेछ भनेर,

तर परिस्थिति र बाध्यताले,

पटक–पटक सारियो रकम फिर्ता समय ।

मैले घर खोज्यौ, समय पर्खियौ,

धेरै चोटि सम्झायौ पनि,

तर तिम्रो उत्तरमा बहाना धेरै भए,

मेरो मनमा पीडा भरियो पनि ।

आज म लाज र क्षमायाचनासहित,

फेरि एकपटक अनुरोध गर्छु,

जसरी भए पनि पैसा मिलाउनु,

अलिकति समय र सहयोग माग्छु ।

विश्वास नटुटोस् हाम्रो मित्रता,

सम्बन्धमा दरार नपरोस्,

मेरो पैसा तिर्ने जिम्मेवारीबाट,

तिमी कहिल्यै पछि नहट्टोस् ।

माफी देऊ यदि दुःख दिएँ भने,

मनले कहिल्यै धोका सोचेको छैन,

साथी, मेरो भरोसाको ऋण,

जीवनमा कहिल्यै बिर्सने छैन ।