काठमाडौं,७ वैशाख
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनायण भक्तपुरका पूर्व विद्यार्थीको समूहले आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा डिस्इन्फेक्सन (औषधि छर्ने) काम गरेका छन् । चन्द्रागिरी नगरपालिकाको वडा नं १५ का वडाअध्यक्ष उतमबहादुर राउतको अगुवाईमा नेकका १५ जना आर्किटेक्ट इन्जिनियरहरुको समूहले डिस्इन्फेक्सन गरेका हुन् । वडाअध्यक्ष राउत पनि नेकका पूर्व विद्यार्थी थिए । अध्ययन सम्पन्न गरेका इन्जिनियर (आर्किटेक्ट)हरूले सुरक्षाको प्रबन्ध मिलाई काम गरेका हुन् । वडा अध्यक्ष राउतले वडाबासीको सुरक्षाका लागि यस्तो काम गरेको जनाए । वडाबासीलाई विश्वव्यापी संकटको रुपमा आइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन सहज होस् भनी यस्तो काम गरेको उनले जनाए । निलो टोपी र खैरो मास्कले अनुहार पूरै छोपी उनीहरुले दिनभर डिस्इन्फेक्सन गरेका थिए ।














