क्षयरोग निवारणकालागि मध्यपुर, भक्तपुर जनचेतनामूलक प्रभातफेरी आयोजना

क्षयरोग निवारणकालागि मध्यपुर, भक्तपुर जनचेतनामूलक प्रभातफेरी आयोजना
भक्तपुर, चैत्र ७ गते
प्रत्येक वर्ष मार्च २४ तारिकका दिन मनाईने विश्व क्षयरोग निवारण दिवसको अवसरमा आज भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा मध्यपुर ठिमीदेखि भक्तपुर नगरको दरवार क्षेत्रसम्म जनचेतनामूलक प्रभातफेरी आयोजना गरी यस वर्षको विश्व क्षयरोग निवारण दिवस मनाएका हुन । क्षयरोग अन्त्यकालागि नयाँ पुस्तालाई जागरुक बनाउन जेनजी समूहको नेतृत्वमा सो प्रभातफेरी आयोजना गरेको होे । धिमे बाजाका साथ भएको प्रभात फेरीको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख भूवन पौड्यलले प्रत्येक दिन ४४ जना र वार्षिक १६ हजार जना क्षयरोगबाट मृत्यु भइरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले युवा अघि बढछौ क्षयरोग अन्त्य गरौं भन्ने नाराका साथ विश्व क्षयरोगको पूर्व सन्ध्यामा युवाहरुको सहभागितामा प्रभातफेरी आयोजना गरी विश्व क्षयरोग दिवस मनाउनु सकारात्मक पक्ष भएको बताउनु भयो । नायँ सोच र जाँगरको साथ काम गर्न सक्यौ भने क्षयरोग अन्त्यकालागि यसे सन्देश र उर्जा प्रदान हुने विश्वास व्यक्त गर्नु भयो ।