समदर्शीका जेष्ठ सदस्यहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

समदर्शीका जेष्ठ सदस्यहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
भक्तपुर,
समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.काे जेष्ठ कल्याण उपसमितिकाे आयाेजनामा वर्षेनि नियमित रूपमा सञ्चालन गर्दै आईरहेकाे संस्थाका जेष्ठ सदस्यहरूकाे तीर्थाटन भ्रमण कार्यक्रमलाई याे वर्ष पनि निरन्तरता दिने भएकाे छ । साेही तीर्थाटन लक्षित जेष्ठ सदस्यहरूकाे भेला गराई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । समदर्शी जेष्ठ कल्याण उपसमितिले आयाेजना गरेकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै अतिथि संस्थापक अध्षक्ष हरिराम लवजुले खराव नियत भएका सहकारीकाे गलत क्रियाकलापले गर्दा सबै सहकारी उस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खाेजिएकाे चर्चा गर्नु हुँदै बचतकर्ताहरूले सहकारीहरूकाे बित्तिय अवस्था र गतिविधिबारे गहन रूपमा अध्ययन गरेर मात्रै लाग्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।

साथै उहाँले “तपाईकाे समस्या , समदर्शीकाे समाधान ” काे मूल नारालाई आत्मसात् गर्दै समदर्शीले बचतकर्ताकाे हितलाई ध्यानमा राखी गर्दै आएकाे क्रियाकलापलाई सदस्यहरूले गरेकाे विश्वास नै सफलताकाे आधार भएकाे बताउनुभयाे । त्यसैगरी अर्का अतिथि संस्थाका निवर्तमान अध्यक्ष रामकृष्ण मानन्धरले संस्थाकाे बित्तिय झलक प्रस्तुत गर्नुहुँदै संस्थाले गर्दै आईरहेकाे विविध क्रियाकलापमध्ये जेष्ठ सदस्यहरूकाे हितमा गरिने क्रियाकलाप उल्लेखनिय रहेकाे बताउनुभयाे । ३५ जना जेष्ठ सदस्यहरूकाे सहभागिता रहेकाे उक्त अन्तरक्रिया कार्यक्रममा उपसमितिका सदस्य उमेश प्रसाद सिंहले सबैलाई स्वागत गर्नुभयाे भने अर्का सदस्य ज्ञानदास खाइतुले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । समदर्शी जेष्ठ कल्याण उपसमितिका संयाेजक पशुपति भक्त रायकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सहजिकरण गर्नुहुँदै साेही उपसमितिका सदस्य राजुराम मुनंकर्मीले उपसमितिले गठन भएपश्चात् हालसम्म गर्दै आईरहेकाे क्रियाकलापबारे चर्चा गर्नुभयाे ।
कार्यक्रमकाे अन्तमा मिति २०८२ चैत्र ७ गतेकाे जेष्ठ सदस्यहरूकाे लागि तय गरिएकाे सिन्धुपाल्चाेक त्रिपुरासुन्दरी मन्दिरकाे तीर्थाटन भ्रमणकाे सम्पूर्ण तयारीबारे सभाध्यक्ष पशुपति भक्त रायले बिस्तृत जानकारी गराउनु भएकाे थियाे । साे अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूमध्ये पुण्यराम र वसन्त बज्राचार्यले जिज्ञासा राख्दै तीर्थाटन भ्रमणकाे निर्णय सर्हानिय भएकाे बताउनुभयाे ।