भक्तपुर, ७ बैशाख
स्वंसेवक परिचालन भएसँगै भक्तपुर नगरमा लकडाउन कार्यान्वन प्रभावकारी हुँदै आएको छ । लक डाउनको समयमा पनि दिन रात मानिसहरु बाहिर हिड्न थालेपछि भक्तपुर नगरपालिकाले विहिवार देखि स्थानीय स्वयंसेवक परिचालन गरिएको थियो । स्थानीय समुदायबाट परिचित भक्तपुर नगरभरी स्वयंसेवक परिचालन गरेपछि लक डाउन कार्यान्वयनमा प्रभावकारी आएको हो । नगर भरी ५०० भन्दा बढी स्वयंसेवक परिचालन गरेको भक्तपुर नगरपालिकाले वडाबासीका साझा समस्या सुनुवाई गर्दै बजार अनुगमण, ब्यवस्थापन, टोल टोलमा साबुन पानीको व्यवस्था र विजनासक औषधी छर्कने देखि नगरवासीहरुलाई कोरना भाइरसको जोखिम बारे सचेतना दिइरहेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जनसञ्चार खवरलाई जानकरी दिएका छन् । कृषकहरु खेतिपातीमा जान चाहन्छन्, नगरवासीमा खानेपानीको अभाब छ, बजार महंगो छ, राहत वितरण पर्याप्त भएको छैन्, यी सबै जनगुनासोहरु बारे जिल्ला प्रसाशनसँग समन्वय गरेर मात्रै समुदायको गुनासो सुनुवाई भइरहेको पनि निरिक्षक प्रजापतिले जनाए ।

भक्तपुर नगरका १ देखि १० वडासम्मका प्रत्येक वडामा कम्तिमा ५० जना स्वयंसेवकहरु परिचालन गरी मुख्य नाकाहरुमा बार लगाउँदै बाहिर आउने समुदायलाई कोरना भाइरसको विश्वव्यापी महामारीको जोखिम बारे सम्झाई बुझाई घरमै बस्न र घरमा रहँदा खेरि पनि सृजनशिल रहन अनुरोध गर्दै आएको स्वयंसेवक सन्तोष मानन्धरले बताएका छन् । भक्तपुर नगरपालिका वडा नम्वर ९मा स्वयंसेवकहरु परिचालन भएपछि लक डाउन धेरै हद्सम्म सुधार भएको भन्दै मानन्धरले वडामा आफूहरु परिचालन भएपछि नगरवासीहरु अतिआवश्यक काममा बाहेक बाहिर नआएको जनाएका छन् । अर्का स्वयंसेवक कृष्ण ज्याख्वले स्थानीय ब्यक्तिहरु नै स्वयंसेवकको रुपमा परिचालन भएपछि लक डाउन झन राम्रो हुन थालेकोले आफूहरु पनि नियमित खतिरहेको बताउनु भयो । यसरी खत्न कसैले पैसा दिँदैन आफ्नै पैसा खर्चेर समुदायमा कोरना भाइरस बारे सचेतना दिइ आएको बताउँदै उहाँले टोल टोलका समुदायका जनगुनासो समाधानका लागि आफूहरुले पहल गर्न थालेको पनि बताए ।


निस्वार्थ, निःशुल्क स्वयंसेवक भएर परिचालन भएका यी समाजसेवीहरुलाई आजभोली धेरै जस्तो बजार भाउ महँगो भएको, अब्यबस्थित भएको लगायतका गुनासोहरु पनि आउन थालेका छन् । स्वयंसेवकहरु घरदैलोमै पुगेपछि नगरवासीहरु पनि अति आवश्यक काममा बाहेक बाहिर नआएपछि स्थानीय स्वयंसेवक बाबुकाजी मानन्धर पनि आफूहरुले गरिरहेको काम प्रति सन्तुस्त छन् । स्वयंसेवकाका रुपमा विहान बेलुकी परिचालन भइरहेको भन्दै उहाँले बजार व्यवस्थामा भौतिक दुरी काम गर्न मानिसहरु बढी बाहीर आउने विहान बेलुकीको समयमा स्वयंसेवकहरु सक्रिय रुपमा परिचालन भईरहेको जनाएका छन् । विहान ५ बजे देखि ८ बजेसम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्म अनिवार्यरुपमा आफूहरु समुदायको सेवाको लागि खति रहेको अर्का स्वयंसेवक ज्ञानवहादुर मानन्धर र अस्तमान मानन्धरले बताएका छन् । नगरवासीहरु एक्ला एक्लै हिड्नुपर्ने, नगरपालिकाले दिएको पास लिएर मात्र हिड्नुपर्ने यसरी नहिडे प्रहरीको सहयोगमा घर फर्काउन थालेपछि बाटोमा हिड्ने नगरवासीहरुले नगरपालिकाले दिएको कार्ड गल्लामा भुण्डाएर मात्र हिड्न थालेका छन् । समुदायको गुनासो आउने बितिकै सम्बन्धित पसलसम्म पुगेर स्वयंसेवकहरुले नै सुनुवाई गरीरहेको हुँदा त्यस्तो कुनै समस्या र गुनासो भए स्वयंसेवक वा वडा कार्यालयमा सम्पर्क राख्न उहाँहरुले अनुरोध गर्दै आएका छन्् । सामुहिक गुनासोलाई नगरपालिका, प्रहरी प्रशासनको सहयोगमा समुदायलाई लक डाउनको समयमा पनि सहज बनाउने काममा आफूहरु लागि रहेको स्वयंसेवकहरु बताउँछन् । लड डाउनको नाममा स्थानीय तहहरुले घरैलाई राहात वितरण गरिरहेको बेला भक्तपुर नगरपालिकाले मितब्ययी ब्यवहारकासाथ अतिआवश्यक ब्यक्ति परिवार पहिचान गरी राहात कार्ड दिएर मात्र राहात वितरण भइरहेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।














