भक्तपुर निर्वाचन नं. १मा ४३.३६% र २मा ४७.३१ %मतदान सम्पन्न

भक्तपुर निर्वाचन नं. १मा ४३.३६% र २मा ४७.३१ %मतदान सम्पन्न

भक्तपुर, फागुण २१ ग्ते
भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान कार्य जारी छ । आज दिउँसो १ः३० बजेसम्ममा भक्तपुर निर्वाचन क्षेत्रमा ४५३५८ अर्थात ४२.३६ प्रतिशत मतदान सम्पन्न भएको थियो भने भक्तपुर निर्वाचन क्षेत्र नें २मा ४६ ५६५ अर्थात ४७.३१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं. १मा १ लाख ७ हजार ५४ मतदाताहरु छन् भने निर्वाचन क्षेत्र नं. २मा ९८ हजार ३ सय ५६ जना मतदाता रहेका छन् ।


यसैक्रममा गोल्मढी भक्तपुरमा ९८ वर्षका जेष्ठ नागरिक रानीकुमारी रजितले पनि हुइलचियरमा बसेर मतदान गरेका छन् । यस मतदान केन्द्रमा एकै पटक हजारौ मतदाता मतदानकालागि मतदान स्थलमा सहभागि हुदा मतदान गर्न घण्टौ लाइनमा बस्नुपरेको थियो ।