निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर

निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर
भक्तपुर, फाल्गुण ११ गते

नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदबार प्रेम सुवालले देश जनताको सेवा गर्न नेमकिपा निर्वाचनमा होमिएको जनाउँदै निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर भएको जनाएका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले आज भक्तपुरमा आयोजना गरेको उम्मेदवार प्रतिबधता, प्रकार साक्षात्कार कार्यक्रममा बोल्नु हुदै सचिव सुवालले यस पानिलको निर्वाचनमा नेमकिपाले प्रत्यक्ष तर्फ १२० क्षेत्रमा उम्मेदवारी दिएको र समानुपातिकमा १०९ जनाको उम्मेदवारी परेको जनाउँदै बैदेशक्षिक हस्तक्षप विरुद्ध देशको सार्वभौमिकता रक्षाकालागि नेमकिपाको मादलमा मतदान गर्न आह्वान गर्नु भएको छ । विदेशमा निर्वाचजान जित्ने ५३ प्रतिशत सांसदहरु अपराधिकहरु पृथभूमिको भएको चर्चा गर्दै नेपालको निर्वाचनमा पनि पद र पैसाको भरमा निर्वाचन जित्न भएकाले मतदाता सचेत भएर देशहितकालागि मतदान गर्न आह्वान गनर््ु भयो । पटक पटक सरकारमा गएका दलहरु देशको नदी नाला भारतलाई सुम्पने, कलकारखानाहरु बन्द र निजीकरण मात्रै गरेर युवाहरुलाई विदेश जान्न बाध्य पारेको बताएका छन् । शिक्षा स्वास्थ्य निःशुल्क, योज्ञता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोवस्तिकालागि नेमकिपाको मादलमा मतदान गर्न आग्रह गर्ने उम्मेदबार सुवालले देश बनाउने हो भने नेमकिपा सबै उम्मेदवारहरु विजयी हुन आवश्यक भएकोमा जोड दिएका छन् ।

https://youtu.be/fBpSVS_NKiI