संचारकर्मी प्रेम प्रजापतिलाई पितृशोक
भक्तपुर, मंसिर २७ गते
सञ्चारकर्मी तथा स्वतन्त्र पत्रकार संघ भक्तपुरका सचिव एवं जनसञ्चार गृहका महासचिव प्रेम प्रजापतिका पूजनीय बुवाको असामहिक निधन भएको छ । सुगर र प्रेसरका विरामी शंकरदास प्रजापतिको उपचारकोक्रममा हिजो राती निधन भएको हो । उच्च रक्तचापले थलिएका शंकरदासलाई ख्वप अस्पतालमा उपचार गर्दा गर्दै थप उपचारकालागि मध्यपुर थिमी अस्पताल लगिएको थियो । मृतक प्रजापतिको आज विहान हनुमानघाटमा नेवारी परम्परा अनुसार अन्त्यस्टि गरिएको छ ।

मुटुको जतिल अपरेशनकालागि गंगालाल अस्पताल भर्ना भएका सञ्चारकर्मी प्रेम प्रजापतिले आफ्नो बुबाको निधनपछि अपरेशन तथा उपचार छोडेर अन्तिम संस्कारकालागि हनुमानघाट आएका थिए । मंगलबार नै अस्पताल भर्ना भएका सञ्चारकर्मी प्रजापतिले अस्पतालको बेडबाटै आफ्नो बुबाको निधन भएको जनसञ्चार खवरलाई बताएका थिए ।
२०१० सालमा जन्मेका शंकरदास प्रजापतिको ७१ वर्षको उमेरमा निधन भएको छ । मृतक प्रजापतिप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।












