एकै दिन १४ जनामा कोरना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौँ । कोरना भाइरस संक्रमितको संख्या नेपालमा ३० पुगेको छ । नेपालमा आज मात्रै १४ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको छ ।

उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उदयपुरमा रहेका १२ जनामध्ये केही भारतीय भएको बुझिएको छ ।

आज थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा र छोरा भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेयले सीआईएनसँग बताउनुभयो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले भने कोरोना सङ्क्रमितहरूको पछिल्लो पुष्टि भएका घटनाको बारेमा आफूसम्म अझैँ जानकारी नआएको बताउनुभयो ।