भक्तपुर क्यान्सर अस्पतालले विभिन्न कार्यक्रम आयोजना गरी आज मनाई अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइयो ।
भक्तपुर, माघ २९गते
भक्तपुर क्यान्सर अस्पतालले बालबालिकाहरुलाई क्यान्सर रोगबाट बचाउन सकिन्छ भन्दै क्यान्सर संक्रमति तथा विजेता बालबालिका तथा तिनका अविभावकहरु बीच आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रमहरुका साथ मनाएका छन् । मध्यपुर थिमीमा आयोजित एक विशेष कार्यक्रम बीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले क्यान्सर रोगको भयाभह अवस्था बारे बागमती प्रदेश सरकारले १४ करोड बजेट विनियोजित गर्दा पनि विरामीको हातमा ५० हजार मात्र मुस्किलले पुग्ने गरेबाट प्रष्ट हुने जनाएको छ । उपचारकालागि आएका विरामीहरुले पनि ठाउँ अभाबले उपचार गर्न समेत नपाइरहेकोले भक्तपुर क्यान्सर अस्पतालकालागि उपयुक्त स्थानमा ठाउँ सारी गर्न पहल भइरहेको पनि मन्त्री थापा मगरले जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले क्यान्सर रोग रोकथामा लाग्नुपर्ने आवश्यकतामा जोड दिदै उहाँले अव महिलाका लागि पाठ्यघर र स्तन क्यान्सरका विरामीलाई एक लाख रुपियाँको उपचार खर्च सरकारले दिने भएको जानकारी दिएका थिए ।
भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्तसचिव श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले स्वास्थ्य विमा गरेका ९३ प्रतिशतले उपयोग गर्ने गरेको र अन्य बाँकी सात प्रतिशतले मात्रै सम्पूर्ण विमा धान्न नसक्ने भएकोले स्वास्थ्य विमा सरकारलाई भार भइरहेको बताएका छन् । उहाँले स्वास्थ्य विमा उपचारकालागि प्रभावकारी भएकोले वार्षिक ३५ सय रुपियाँ तिनुपर्यो भनेर झर्को नमान्न आग्रह गर्नु भयो । स्वास्थ्य विमा क्यान्सर जस्तो संक्रमित बिरामीका लाथि थप प्रभावकारी रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न लागि परेको जनाएका थिए । साथै उहाँले क्यान्सर रोग निको पार्न सकिन्छ भन्ने उदाहरणीय सन्देश दिन सकिने धारणा राखेका थिए ।
कार्यक्रमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेले १४ वर्ष मुनिका बालकालिकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको चर्चा गर्दै उपचारसँगै रोग लाग्न नदिन र रोग लागेपछि उपचारकालागि भक्तपुर क्यान्सर अस्पतालले गर्दै आएको सेवा बारे प्रकाश पार्नु भयो । एक जना बच्चामा क्यान्सर लागेपछि उपचारकालागि पनि लामो समय लाग्ने भएकाले तिनका परिवारमा ठूल्लो भार पर्ने कुरालाई मनन् गर्दै चरणबद्ध रुपमा सरोकारवालाहरु बीच छलफल र सहजिकरण हुन्दै आएको बताउनु भयो । सो अवसरमा बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेले सरकारले १४ वर्ष मुनिका बालबालिकाहरुकालागि निःशुल्क उपचार लागु गरेपनि अभिभावकलाई थप आर्थिक भार परेको स्वीकार्दै गत वर्ष १६५ जना बालबालिकाहरुको उपचार गर्दा अस्पतालले ६७ लाख भन्दा बढी आर्थिक भार ब्यहोरेको पनि बताउनु भया । डा. कैलाश शाहले क्यान्सर रोग लागेका विरामी र अभिभावकहरुको दुःख पीडाहरुको अनुभव सुनाएको सो कार्यक्रममा क्यान्सर विजेता बालबालिकाहरुलाई मन्त्री थापा मगर सहितका अतिथिहरुले केक काटेर अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएका थिए ।
सो अवसरमा क्यान्सर लागेर निको भएका महिलाहरुले पनि विवाह गरेर स्वस्थ बच्चा जन्माउन सकिने धारणा रार्दै अतिथिहरुले क्यान्सर विजेता बालबालिकाहरुलाई पुरस्कृत तथा उपहार प्रदान गर्नुसाथै साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरेको थियो ।
स्वास्थ्य कर्मी सुरुची खड्काले उद्घोषण गरेको सो कार्यक्रमको स्वास्थ्य मन्त्री थापा मगरले गमलामा पानी दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । यस वर्ष चुनौतिदेखि परिवर्तनसम्मको प्रभाव प्रदर्शन नाराका साथ विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको छ ।
Featured Posts – Style 1
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
2026-07-31 Comments Off on दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमनभक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा...
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...










