भेनेजुयला विरुद्धको आक्रमण विरुद्ध भोली काठमाण्डौमा विरोध सभा हुने
भक्तपुर । भेनेजुयलाको सार्वभौमिकतामाथि संयुक्त राज्य अमेरिकीको हस्तक्षेप विरुद्ध भोली काठमाण्डौमा विरोध जुलुस तथा सभा आयोजना गर्ने भएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो र उनका पत्निलाई फ्रिमिशैलीमा गरेको अपहरण र आक्रमण विरुद्ध विरोध सभा आयोजना गर्न लागेका हुन । साम्राज्यवादले स्वतन्त्र सार्वभौम देश भेनेजुयलामाथि बर्बतापूर्वक गरेको आक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टी निकटको नेक्राविसंघ र नेक्रायुसंघको संयुक्त आयोजनमा भोली पुस २५ गते शुक्रबार काठमाडौंमा जुलुस तथा सभा हुने आयोजक समितिले जनाउको छ। । जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ ।













