भक्तपुर कांग्रेसको पत्रकार सम्मेलन
भक्तपुर, पुस २१ गते
आसन्न फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांंग्रेस भक्तपुरले तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले तोकिएको नियमित अधिवेशनको मितिमै गर्ने कुरामा सहमति जनाउँदै जिल्ला सभापति दुर्लभ थापाले आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक्लै वा पूराना पार्टीसँग गठबन्दन गरेर भएपनि चुनाव लडन तयार भएको जनाएका छन् । पार्टीको अधिवेशन वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म नियमित अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै भाद्र २३ र २४ गतेको तोडफोड स्विकार्य नभएको बताउँदै उहाँले राजनैतिक दलहरुले समानुपातिकतर्फ आफ्ना बन्द सूचीहरु निर्वाचन आयोगमा बुझाई सकेकाले निर्वाचनमा होमिन आवश्यक बताए । पत्रकार सम्मेलनमा महासमिति सदस्य गणेशमान चक्रधर, कृष्णलाल भडेल, हरीकृष्ण श्रेष्ठ, सन्तोष भट्टराईसहित महाधिवेशन प्रतिनिधि तथा सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा क्षेत्रिय सभापति जीवन खत्री सहित ३८ पदाधिकारीहरुको हस्ताक्षर सहितको विज्ञप्ति जारी गरी भक्तपुर कांग्रेस एकढिक्का रहेको सन्देश दिन पत्रकार सम्मेलन आयोजना गरेको उहाँले बताए ।
Featured Posts – Style 1
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
2026-06-15 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने...
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
2026-06-15 Comments Off on दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन...
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
2026-06-15 Comments Off on सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत काठमाडौ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा...
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
2026-06-13 Comments Off on पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्नभक्तपुर, ३० जेठनेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न...
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...













