श्री बाराही साकोसको आयोजनामा सेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

श्री बाराही साकोसको आयोजनामा सेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
भक्तपुर, पुस १८, २०८२ श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा शेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रमका अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवाल र सभापति आयोजक उपसमितिका संयोजक कृष्ण प्रजापतीको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका सदस्य तथा पदाधिकारीहरूलाई पुँजी बजारका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।


इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५) को सुर्यविनायक शाखाका शाखा प्रमुख श्री माधव खनालको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा मेरो शेयरको प्रयोग, शेयर बजारमा लगानी गर्ने तरिका, जोखिम व्यवस्थापन र प्राथमिक (क्ष्एइ) तथा दोस्रो बजार (क्भअयलमबचथ ःबचपभत) का विभिन्न पक्षबारे प्रशिक्षण दिइएको थियो । त्यस्तै उहाँले डिम्याट खाताको प्रयोग र अनलाइन ट्रेडिङ प्रणाली (त्ःक्) मार्फत कसरी सुरक्षित कारोबार गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै श्री बाराही सहकारीका अध्यक्ष राधेश्याम सुवालले सदस्यहरूको आर्थिक स्तर उकास्न र सुरक्षित लगानीका क्षेत्र पहिचान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको तर्पmवाट संस्थाका विविध गतिविधि र हालको संस्थागत वित्तीय अवस्थाको जानकारी प्रस्तुत गर्दै शेयर बजारमा बुझेरमात्र लगानी गर्न आग्रह गर्दै सदस्यहरुलाई बचत तथा ऋणमामात्र सीमित नभई आधुनिक पुँजी बजारसंग थप जोड्नको लागि यो कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गर्नुभयो । शेयर बजारको प्रतिफलको सम्भावना उच्च भए पनि जोखिम पनि उत्तिकै रहने हुँदा अरुको लहलहैमा नलानी कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर मात्र लागानी गर्न सुझाव दिए । बर्तमान समय वित्तीय संकुचनका कारणले व्यापार व्यवसायमा लगानी न्युन भएकोले संस्थाको लगानीमा टेवा पुग्ने हुनाले थप ऋण लगानीको पनि सम्भावना रहने धारणा राख्नु भएको थियो ।
सहकारीका पदाधिकारी, कर्मचारी र सदस्यहरू गरि जम्मा ६० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कर्मचारी अनिता दुवाल, रामलक्ष्मी प्रजापति र उपस्थित सदस्यहरु समेतले वोल्नु भएको थियो । सभापति कृष्ण प्रजापतीवाट प्राविधिक सहयोगका लागि इम्पेरियर सेक्यूरितिजका माधव खनाललाई मायाको चिनो सहित धन्यवाद दिँदै सहभागी सदस्यहरुलाई सिकेका शिक्षणलाइ व्यवहारमा उतार्न समेत आग्रह गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरूले बित्तीय साक्षरता बृद्धि गर्न र अनलाइन मार्पmट शेयर कारोवार गर्न आत्मविश्वास बढाउनुका साथै शेयर बजारमा बढ्दो आकर्षणसँगै यस्ता सचेतनामूलक कार्यक्रमले गलत हल्लाको पछि नलागी सही लगानी निर्णय लिन मद्दत गर्ने धारणा तथा प्रतिक्रिया राखेका थिए ।