चानपा २का ११८ जेष्ठ नागरिक सम्मानित
चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका ११८ जना ८० वर्ष माथिका जेष्ठ नागरिकहरु कुशे आंैसीको अवसमा समनित भएका छन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले निलबाराही मन्दिर संरक्षणको नाममा सामजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य भएको जनाएको छ । केही अभियान्ताहरुले अहमता देखाएर अतिरिञ्जित कुराहरु गर्दै समाजलाई नै भ्रमित गर्ने कार्य भएको प्रति आपति जनाउँदै यो निन्दनिय कार्य भएको जनाएका छन् ।
निलबाराही हाम्रो पनि इष्ट देवता भएको भन्दै नगर प्रमुख खत्रिले निल बाराही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने जनाएका छन् । चाँगुनारायण भ्रमण वर्षकै अवसरमा भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने आफ्नो योजना समेत रहेको जनाउँदै उहाँले धार्मिक द्वन्द चर्काउने कार्य गर्न नहुनेमा जोड दिएका छन् । सबै जना कानून विधि र विदानले बाधिएको चर्चा गर्दै नगर प्रमुख खत्रीले कानूनी विधिलाई धार्मिक आस्थासँग जोडेर प्रहार गर्न नमिल्ने र बिखण्डकारीहरुलाई निरुत्साहित गर्नुपर्ने बताए । चाँगुनारायण नगरपालिका वडा नं २का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई आज सम्मानित गर्दै नगर प्रमुख खत्रीले जेष्ठ नागरिकहरुले जीवनमा सिकेका भोगाई अनुभव, ज्ञानसिप र मार्गनिर्देशन नगर विकासकालागि आवश्यक रहेको भन्दै उहाँले जेष्ठ नागरिकहरुको मार्गनिर्देशन अनुसार निस्वार्थ रुपमा सबै नागरिकको अनुहारमा खुसि र हासो आउने गरी काम गर्न चाहेको बताएका छन् । चानपा २का वडाध्यक्ष सोम प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा ११८ चानपा २का जेष्ठ नागरिकहरुलाई दोसला आडाएर तथा पोषक तत्व वितरण गरेको सम्मानित गरेका हुन ।
यसै बीच आज साँझ नगर प्रमुख खत्रीद्वारा जारी निल बाराही मन्दिर संरक्षण बारेको विज्ञप्ति















