मंसिर महिनामा भक्तपुरमा १४ जगन्य अपराध ३७ जना पक्राउ

मंसिर महिनामा भक्तपुर १४ जगन्य अपराध ३७ जना पक्राउ
भक्तपुर, पुस २ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले गत मंसिर महिनाभरी जिल्लामा १४ वटा गम्भीर अपराधका घटना घटेको उल्लेख गर्दै १३२ मुद्दा दर्ता भएको जनाएको छ । परिसरका सूचना अधिकारी प्रकाश जवेजुले आज जारी गरेको मासिक प्रतिवेदन अनुसार १४ वटा गम्भीर जघन्य अपराधहरुमा ८ वटा लागू औषध, ४ वटा जबरजस्ती करणी, २ वटा मानव बेचबिखनको रहेको जनाएको छ । यसरी भएका गम्भीर घटनाहरुमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धी अपराधका घटना बढी देखिएका छन् । गम्भिर त्यस्ता घटनाहरुमा ९ वटा घटना यस वर्गमा भएको जनाएको हो ।
त्यसपछि जिल्लामा बैंकिङ्ग कसुरका मुद्दा बढी देखिएको छ । मंसिर महिनामा मात्र ७१ वटा आर्थिक अपराधका घटना अन्तर्गत बैंकिङ्ग कसुर सम्बन्धि ६७ मुद्दा परेको सूचना अधिकारी जवेजुले जनाएको छ । अन्य ४ मुद्दा ठगीका छन् । यसरी परेको मुद्दाका ७० जना प्रतिवादी पक्राउ परेका छन् ।


सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका २ वटा मुद्दाको सफल अनुसन्धान गरेको छ । जिल्लामा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ताको तथ्याङ्क सून्य रहे पनि फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु. ३८ लाख १३ हजार ८०० जरिवाना गर्दै ७ वर्ष ६ महिना १६ दिनको कैद सजायको फैसला गरेको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ परेको ४९ मुद्दाहरुमा ३३ वटा मुद्दामा मिलापत्र र १६ वटा काम बाँकी रहेको जनाएको छ। सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदन संख्या १६ जना पीडितहरु छन् भने पीडकको उमेर समूहको आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।
मंसिर महिनामा ८ जना महिला हराएका मध्ये ६ जना फेला पारेका छन् । भने ७ जना पुरुष हराएका मध्ये ५ जना फेला, ११ जना हराएका बालिकाहरुमा ११ जना नै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान श्रीमतीको झगडाका २० वटा उजुरी परेका छ त्यसमध्ये ११ वटा मिलापत्र गरिएको प्रहरीले जनाएको छ । यसरी झगडाका उजुरी मध्ये भक्तपुर नगरका ४, सूर्यविनायक नगरका २, चाँगुनारायण नगरका १ र मध्यपुर थिमी नगरका १३ वटा रहेका छन् ।
ठाडो उजुरीतर्फ २०१ उजुरी परकोमा १६७ फछ्र्यौट र ३४ बाँकी रहको भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका उजुरीहरुको संख्या ४४ रहेकोमा ४० फछ्यौट र ४ बाँकी रहको छ । लागु औषधका ८ वटा घटनामा १२ जना पक्राउ गर्दै विभिन्न लागु औषधसमेत बरामद गरको जिल्ला प्रहरी कार्यालय भक्तपुरले मंसिर महिनामा ५ वटा आत्महत्याका घटना भएको पुष्टि गरेका छन् ।
मंसिर महिनामा घटेका मुख्य अपराध तथा अनुसन्धानको संक्षिप्त विवरण प्रस्तुत गर्दै सूचना अधिकारी जवेजुले अपराध न्यूनिकरणकालागि भएका प्रयासहरु पनि प्रस्तुत गरेका छन् ।