२७ औं विविध भाषा साहित्य सम्मेलनको सन्देश: नयाँ पुस्तालाई समाजवादी व्यवस्थाकालागि तयार गर्नुपर्ने

२७ औं विविध भाषा साहित्य सम्मेलनको सन्देश: नयाँ पुस्तालाई समाजवादी व्यवस्थाकालागि तयार गर्नुपर्ने
मध्यपुर, कार्तिक ४ गते
नयाँ पुस्तालाई समाजवादी व्यवस्थाकालागि तयार गर्नुपर्नेमा जोड दिदै २७ औं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मध्यपुर थिमी ५स्थित तुलननीमा विविध भाषा साहितिक समाजले आयोजना गरेको एक दिने सम्मेलनका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले समाजबादकालागि हामी योग्य भएनौ भने देशमा समाजबाद आएपनि सफल नहुेने बताउनु भयो । समाजबाद असफल भयो भने समाजबादलाई दोष दिने नभई यसका नेता दोषि हुने धारणा राख्दै भर्खर जन्मेका बच्चाको शरीरमा गर्भका रगत रहे जस्तै समाजवाद ल्याउँदा सामान्ति पूजिपतिहरुका सन्ततिहरुका कारण समाजवाद प्रभावित हुने भएकाले समाजवादका सिद्धान्त र व्यवहार भएकाले मात्रै समाजवाद ल्याउन र स्थायीत्व दिन सक्ने धारणा राख्नु भयो ।
मध्यपुर थिमीको बोडेबाट भिन्तुना र्याली आयोजना गर्दै मध्यपुर थिमीको नगर परिक्रममा गरेर आयोजित सो २७ औं विविध भाषा साहित्य सम्मेलनले दिउँसो प्रतियोगितात्मक साहित्य वाचन तथा अतिथिहरुको मन्तव्य राखेको थियो भने साँझ प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
उत्कृष्ठ भिन्तुना र्यालीका सहभागि तथा साहित्यकार एवं स्थानीय साँस्कृतिक गुरुहरुलाई नेमकिपा केन्द्रीय सदस्य सुनिल प्रजापति, आयोजक समितिका संयोजक विजय प्रजापति सहितका अतिथिहरुले पुरस्कृत एवं सम्मानित गरेको थियो भने साँझ साँस्कृतिक प्रस्तुतीका उत्कृष्ठहरुलाई पनि हिजै पुरस्कृत गरेको थियो ।
कार्यक्रमका विशेष अतिथि सुनिल प्रजापतिले निर्वाचनको बेला मात्र नभई समाजवादी व्यवस्था ल्याउन नयाँ पुस्तालाई यसै गरी निरंतर तयार गर्नु पर्नेमा जोड दिनु भयो । सर्वसाधरण जनताकालागि शिक्षा र स्वास्थ्य महंगिन थालेको भन्दै उहाँले ख्वप इन्जिनियरिङ्ग कलेजहरु सञ्चालनपछि टोल टोलमा सयौ इन्जिनियरहरु तयार भएको भन्दै मेडिकल माफियाहरुका कारण सस्तो लागतमा डाक्टर पढाउन ख्वप विश्वविद्यालय माग गरे पनि स्विकृति नपाएको गुनासो राख्नु भयो । जनतालाई सेवा नदिने सरकार जनताको सरकार हुन नसक्ने बताउनु भयो ।
सिमाविद्ध रत्न भण्डारीले जेन्जी आन्दोलनकोक्रममा देशको सचिवालय सिहंदरवार जलाउने मानिसहरु नेपाली हुन नसक्ने बताउनु भयो । सिंह दरवार जलाएर कसैको सपना पूरा गरे पनि देश कमजोर पार्ने कार्य आपति जनक भएको बताउनु भयो ।
मनोविद डा.धनरत्न शाक्यले हरेक क्षेत्रमा मानसिक स्वास्थ्यको प्रभावले रहेको भन्दै मानसिक स्वास्थ्य स्वच्छ भए मात्रै देशको राजनीतिक, सामाजिक अवस्था स्वच्छ हुन सक्ने बताउनु भयो ।
बालरोग विशेषज्ञ डा.सरिता प्रजापतिले हाम्रा नयाँ पुस्ताका बालबालिकाहरुलाई आ.आफ्नो मातृ भाषा, सस्कृतिलाई सिकाउन सकेन भने हाम्रो अस्तित्व सकिने धारणा राख्दै नयाँ पुस्तालाई मानसिक शारीरिक बौद्धिक , सामाजिक रुपमा पनि तयार गर्न भाषा संस्कृति पनि सिकाउन आवश्यक भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा डाक्टर निरज चक्रधरले छारे रोग औषधी र अपरेशन गरेर निको पार्न सकिने भएपनि सुगर र प्रेस हाइ औषधीबाट नियन्त्रण मात्र गर्न सकने र हेरचेक्राई गरियोभने मष्टिस्कघाट सम्म हुन सक्नेमा सचेत पार्नु भयो भने डाक्टर तारालाल श्रेष्ठले राजनैतिक एकता टुट्डा साँस्कृतिक एकताले दिशा निर्देशित गर्नुपर्ने बताउँदै उहाँले राजनैतिकm सामाजिक, सांस्कृतिक विषयवस्तुहरुमा आफ्नो धारणा व्यक्त गर्नु भयो ।
स्थानीय अग्रज हर्षबहादुर प्रजापतिले उद्घाटन गर्नु भएको २७ औं विविध भाषा साहित्य सम्मेलनको बुलेटिन कार्यक्रमका प्रमुख अतिथि नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले विमोचन गर्नु भएको थियो । स् माजसेवी नायराम प्रजापतिको सभापतित्वमा आयोजित सो सम्मेलनमा आयोजक समितिक विजय प्रजापतिले स्वागत तथा विविध भाषा साहितिक समाजका अध्यक्ष प्रेम के निदरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।