डा. पुकार आफ्नै जन्मथलोमा सम्मानित
बागलुङ, असोज २४
आज बागलुङ बजारमा एक विशेष समारोहका बीच डा पुकार चन्द्र श्रेष्ठलाई सम्माननित गरियो । बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त समारोहाको अध्यक्ष्यता बागलुङ बरिष्ठ साहित्यकारा काजी रोशनज्यूले गर्नु भएको थियो । ’डा. तरूण पौडेल चिकित्सा संस्थाको १३ औं वार्षिकोत्सव एवं १० औ पुरस्कार समारोहमा डा पुकार चन्द्र श्रेष्ठको उत्तरोत्तर उन्नती र प्रगति एवं सु–स्वास्थ्य, दिर्घायुको कामना सहित नगद, दोसल्ला, फूलमाला सहित आफ्नै जन्मभूमि कालिगण्डकी, धवलागिरि र मुक्तिनाथको पुण्य भूमि बागलुङबाट डा. तरूण पैडेल चिकित्सा पुरस्कार–२०८२ सगौरव प्रदान गरिएको हो ।


उक्त कार्यक्रममा नवजात शिशुाई मुखबाट स्वाश दिई ज्यान बचाउने स्वास्थ्य कर्मी जानकी पुजारी, त्यसै गरी लेखनाथ नगरपालिकका स्थानीय अस्पताललाई १९ रोपनी जग्गा दान गर्ने रेवती रमण पौडेल र बुटवलबाट समाजसेजी अनुप सैंजुलाई पनि सम्मान गरिएको थियो ।
अध्यक्षताको आशन ग्रहण गर्नु भएका काजी रोशनज्यूले उक्त पुरस्कार कसरी स्थापना भयो भन्ने वारेमा प्रकाश पार्दै बागलुङमा मात्र नभई देशभर योगदान दिने व्यक्तित्वहरलाई सहयोग पु¥याउने खालको कार्य गर्दै आएको कुरा व्यक्त गर्नु भयो ।
डा तरुण पौडेल स्वास्थ्य कोष अन्तर्गत आयोजना भएको पुरस्कार वितरण समारोहमा प्रा.डा.पुकारचन्द्र श्रेष्ठ नेपाल सरकारको स्वास्थ्य सेवामा ३३ वर्ष सेवा गरी नेपालमा मानव अंग प्रत्यारोपणको क्षेत्रमा किर्तिमान रची निवृत हुनुभएको साथै उहाँले नेपालको स्वास्थ्य क्षेत्र र अंग प्रत्यारोपण कार्यलाई उदाहरणीय बनाउँदै निस्वार्थरूपमा सेवा गरी एक इमान्दार चिकित्सकको रुपमा परिचय बनाउन सफल हुनु भएको र नेपालमा पहिलो पल्ट एकै व्यक्तिको तेस्रो पटक मृगौला प्रत्यारोपण गरेर किर्तिमान कायम गर्नुभएको अन्य उत्कृष्ट योगदानहरुको लागि यो सम्मान प्रदान गरिएको हो ।
नगरपालिकका मेयरज्यूले सम्मानित सबैलाई बधाइ दिँदै बागलुङको यस संस्थाबाट भविष्यमा पनि अझै बढी राष्ट्रलाई योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने कुरा व्यक्त गर्नु भयो र बागलुङको सेवामा सबैको ध्यानाकषर्ण गराउनु भयो ।
सम्मान कर्यक्रमको लागि आभार व्यक्त गर्दै डा.पुकारले बागलुङ सँग गहिरो आत्मीयता रहेको, आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै सन् २०३४ सालको एसएलसी ब्याचका विद्यार्थी भएको उल्लेख गर्नुभयो । साथै, शिक्षा र संस्कार समेत बागलुङबाटै सिकको हुँदा आज सम्मको उपलब्धीको श्रेय बागलुङकै दाजु भाई दिदी बहनीहरुलाई दिनु भयो । उक्त समारोहमा डा श्रेष्ठले अंगदानको महत्ववारे प्रकाश पार्दै स्वस्थ्य हुँदा वा मृत्यु पश्चात अंगदान गर्न सबैलाई आह्वान गर्नु भयो ।
तरुण पौडेल कोषका संयोजक डा तरुण पौडेलले देशका विभिन्न भाग बाट उक्त सम्मान कार्यक्रममा सहभागी भई सम्मान ग्रहण गरिदिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
डा पुकार अध्ययन गरेको बिद्यामन्दिर माविमा विशेष स्वागत ः
यसै गरी बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा एक विशेष समारोहका बीच विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उहाँकी धर्मपत्नी नबिना श्रेष्ठलाई विशेष स्वागत समेत गरिएको छ । उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ, बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष शनि केसी लगायतको उपस्थिति रहेको थियो । डा. श्रेष्ठको आगमनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपिएको थियो । कार्यक्रममा विद्यालयको समसामयिक गतिविधि, शैक्षिक प्रगति, भौतिक पूर्वाधारको अवस्था र भावी योजनाहरूको बारेमा डा. श्रेष्ठ दम्पतीलाई जानकारी गराइएको थियो ।
डा. श्रेष्ठले आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै सन् २०३४ सम्म यसै विद्यालयको विद्यार्थी भएको उल्लेख गर्नुभयो । साथै, विद्यालयका लागि आगामी दिनहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा र अंग प्रत्यारोपणको संवेदनशीलता सम्बन्धी संक्षिप्त जानकारी दिँदै उहाँले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिनुभयो । उहाँकी धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको आवश्यकता र महत्वमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठले यस्ता प्रेरणादायी भेटघाटहरूले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानाध्यापक रेग्मीले विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय शैक्षिक प्रगति गरेको भए तापनि नयाँ सूचना प्रविधिसँग समन्वय गर्दै अगाडि बढ्नु समयको माग रहेको धारणा राख्नुभयो ।












