कमलविनायकमा आज ७२ जनाले गर्यो रक्तदान

कमलविनायकमा आज ७२ जनाले गर्यो रक्तदान
भक्तपुर, असोज ४ गते
कमलविनायक युवा समाजले आज कमलविनायकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । दशै तिहार पर्व लक्षित गर्दै समाजले आज रक्तदान कार्यक्रम आयोजना गरेको हो । समाज स्थापना भएको एक वर्ष पुरा गर्दै आज खुल्ला रक्तदान गर्दा स्थानीय युवा, सर्व साधारण वटुवा देखि प्रहरी जवानहरुले समेत रक्तदान गरेका छन् । स्थानीय ३७ जना युवाहरुको सक्रियतामा सामाजिक कार्य गर्ने उदेश्य अनुसार आज रक्तदान कार्यक्रम आयोजना गर्दै समाजसेवा गरेको समाजका अध्यक्ष जयराम अवालले जनाएको छ ।
आज भएको रक्तदान कार्यक्रममा महिला ९ र पुरुष ६३ जना गरी जम्मा ७२ जनाले रक्तदान गरेको आयोजक समितिका अनिश श्रेष्ठले जनाएको छ । रेडक्रस सोसाईटी भक्तपुरको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम आयोजना भएको हो ।