४५ औं तःमुज्याको ग्वसाखल खुल्यो ।
भक्तपुर, श्रावण २२ गते
भक्तपुर नगरको नःपुखु परिसरमा आयोजना हुने ४५ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्याले आज ग्वसाखल अर्थात आफ्नो कार्यालय स्थापना गरेको छ । बगमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले नःपुखु परिसरमा आयोजित एक समारोह बीच रिवन काटेर ग्वसाखलको उद्घाटन गरेका हुन । सो अवसरमा सांसद गोसाईले राजनैतिक सचेतना नभई भाषा, साहित्य, कला, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण हुन नसक्ने उल्लेख गर्दै सघर्षशिल भावनाले मात्रै आफ्नो अस्तित्व वचाइ राख्न सकिने धारणा राख्नु भयो ।


लोकतान्त्रिकमुलुकको राजनैतिक चरित्र लुततन्त्र र डकैतितन्त्रउन्मुख भएको प्रति तिब्र आलोचना गर्दै उहाँले देश र जनताको सेवाका लागि गर्ने इमान्दारिताको राजनीतिले मात्रै देश उभोलाग्ने धारणा राख्नु भयो । भाषा र संस्कृति संरक्षणकालागि आन्दोलन नै चाहिएको उल्लेख गर्दै उहाँले यसको लागि वर्गीय र सामूहिक भावना आवश्यक भएकोमा जोड दिनु भयो ।
४५ औं तःमुज्याका अध्यक्ष रविन्द्र खर्बुजाको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेमकिपा भनपाका उपाध्यक्ष लक्ष्मीभक्त लासिवा, तःमुज्या मूल समितिका अध्यक्ष आसकुमार चिकंबन्जा, ४५ औं तःमुज्याका सचिव राजन जति र उपाध्यक्ष श्याम मातांगले पनि जनसहभागिता र सहयोगबाट तःमुज्या आयोजनाको तयारी स्वरुप ग्वसाखलको आज उद्घाटन भएको भन्दै भाषा, साहित्य कला, संस्कृति र राजनीतक सचेतनाकोलागि तःमुज्याले खेल्दै आएको भूमिका बारे प्रकाश पारेका थिए ।















