भक्तपुर चैत्र १७ गते
विश्वव्यापी रुपमा फैलि रहेको कोरना भाइरसका कारण नेपाली जनता पनि प्रत्यक्ष अप्रत्यक्षरुपमा मार्नमा पर्न थालेको छ । विशेष गरी न्यून आय भएका गरिव, काम गरी खाने समुदायलार्ई यसको प्रभाव बढ्न थालेपछि विभिन्न सामाजिक संघ संस्था र मनकारी निकायले तिनीहरुलाई राहत वितरण गर्न थालेको छ । यसै बीच भक्तपुरस्थित मध्यपुर थिमीका न्यून आय भएका कोरना भाइरसका कारण भइरहेको लकडाउनबाट प्रभावित समुदायलाई रेडक्रस सोशाइटी भक्तपुरले राहत वितरण गरेको छ । रेडक्रस सोशाइटी भक्तपुरकोे आपतकालिन रातह कोषले मध्यपुर थिमी दिव्यश्वरी उपशाखा अन्तरगत मध्यपुर थिमी नगरपालिका वडा नम्वर २मा रहेका गरिव तथा न्यून आय भएका समुदायलाई दाल, चामल, नुन, टेल, ध्यू लगायतका खाध्य सामग्रीहरु बितरण गरेको हो ।

सोमबार गरेको सो राहत बितरणसँगै मंगलबार भक्तपुर नगरका त्यस्ता समुदायलाई पनि राहत वितरण गर्ने कार्यक्रम रहेको रेडक्रस सोसाईटी भक्तपुरले जनाएको छ । कोरना भाइरसको प्रभावले जीविकोर्पाजनमा असर पारिरहेका समुदायलाई रेडक्रसको आपतकालिन सहायता कोष अन्तर्गत अति आवश्यकिय खाद्य बस्तुहरु सहयोग गरेको हो । सो कोषमा रु २५ हजार रहेको र सो पैसाले भ्याएसम्मका खाद्य सामग्री वितरण गरिएको रेडक्रस भक्तपुरको उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रम अन्तर्गत अनुगमण अधिकृत तेजिना सुबेडीले जानकारी दिनु भयो | विपतिमा परेका असहाय, गरिब, सडकमा रहेका तथा न्युन आय भएका समुदायलाई अति आवश्यक खाना र सामग्रीहरु आपतकालीन साहयता कोष अन्तर्गत रेडक्रस भक्तपुरले वितरण गर्दै आयको हो |स्योर कार्यक्रम अन्तरगत भक्तपुरका विभिन्न ७ वटा रेडक्रसका उपशाखाहरुबाट विपद आपतकालिन कोष अन्तरगत त्यस्ता विपन्न वर्गलाई राहत वितरणको व्यवस्था गरेको स्योर कार्यक्रमका जिल्ला अधिकृत निलम ढुंगेलले जनसञ्चार खवरलाई बताउनु भएको छ।














