सल्लाधारीमा चैत्र २८ देखि बैशाख ७ गतेसम्म नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सब हुने

सल्लाधारीमा चैत्र २८ देखि बैशाख ७ गतेसम्म नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सब हुने
भक्तपुर, चैत्र १४ गते
नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत उद्घोष गर्दै औद्योगिक शान्ति नेपाल संस्थाले नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१।२०८२ आयोजना गर्ने भएको छ । हरेक नयाँ वर्षसँगै महोत्सव आयोजना गर्दै आएको सो संस्थाले यस वर्ष चैत्र २८ गते देखि बैशाख ७ गतेसम्म आयोजना गर्ने जानकारी दिँदै आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थियो । महोत्सव आयोजक समितिका संयोजक दीपक थापाले नयाँ वर्षको आगमणसँगै आयोजना हुने महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने जनाएको छ । भक्तपुरको सल्लाघारिस्थित खुल्ला चौरमा आयोजना हुने सो महोत्सवमा १ सय ५० स्टलहरु रहने र महोत्सव अवधिभरमा पाँच लाख भन्दा बढी उपभोक्ताले अवलोकन गरिने बताएका छन् । व्यापारिक मेलासँगै साँस्कृतिक कार्यक्रम र मनोरञ्जन पार्कको समेत व्यवस्थित गरि महोत्सव आयोजना हुने उहाँले बताए । शान्ति सुरक्षा र सरसफाईलाई विशेष ध्यानदिएर सिसि क्यामेराबाट प्रत्यक्ष निगरानीको व्यवस्था समेत रहेको संयोजक थापाले बताएका हुन ।


महोत्वव व्यापारको लागि मात्र नभई सामाजिक कार्यकालागि समेत भएको भन्दै सो अवसरमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत्तले महोत्सवबाट भएको आम्दानीबाट सामाजिक हितकालागि समेत खर्च हुने बताएका थिए । महोत्सव अवलोकनकालागि रु. ५० र ८० प्रवेश शुल्क राखिएको छ । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने गरी सांगितिक साँझ २०८२को समेत आयोजना गरिने जनाएको छ ।
मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, भाडाकुडा, साथै औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दैशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री कक्ष समते रहने छ । यसै बीच मोवाईल, इलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रिका स्टलहरु समेत रहने छ । स्थानीय तथा मौलिक उत्पादनका १० स्टलहरुलाई निःशुल्क स्थानको व्यवस्था गरिने पनि आयोजक समितिले जनाएको छ । ११ दिनसम्म चल्ने सो महोत्सवबाट भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सकिने भन्दै सो अवधिमा विद्यार्थी र जेष्ठ नागरिकलाई प्रवेश शुल्कमा विशेष छुटको व्यवस्था रहेको जनाएको छ ।

सो अवसरमा वितरित प्रेस विज्ञप्ति
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सब २०८१÷०८२
प्रेस विज्ञप्ती आदरणीय पत्रकार मित्रहरु नमस्कार, नयाँ वर्ष २०८२ र भक्तपुरकी प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२० को आयोजना गर्दैछी। ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुने स्थित खुल्ला चौरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यहीं चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म महोत्सव संचालन हुने छ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु विक्रीका लागि राखिने छन् । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ । मोवाईल, ईलेक्ट्रॉनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं विक्रीका लागि स्टलहरु रहनेछ । हामीले महोत्सवमा साना वालवालिकाहरुकोलागि बाल उद्यान संचालन गर्दै छौ। ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहनेछन् । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यश्य तया फेशन रÞ्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने हामीले विश्वास लिएका छौं । महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेकाछौ । मेलामा विक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस महोत्सवमा १ सय ५० स्टल रहने छ। करिव पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएका छौं । महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् । आदरणीय पत्रकार मित्रहरु विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ लाई सफल बनाउन यहाँहरुको महत्वपूर्ण साथ सहयोग र रचनात्मक सहयोगको अपेक्षा गर्दछौ। साथै वैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगतिक साँझ–२०८२ को समेत आयोजन गर्न लागिएको जानकारी दिन चाहान्छौ । धन्यवाद ! दीपक थापा संयोजक, महोत्सव जायोजक समिति ७ सन्दिप महत बध्यन्त्र बौद्योगिक शान्ति नेपाल संस्था मितिः २०८१ चैत १४ गते विहिवार