विविध कार्यक्रम गदै विश्व मृगौला दिवस २०२५ भव्यताका साथ सम्पन्न

विविध कार्यक्रम गदै विश्व मृगौला दिवस २०२५ भव्यताका साथ सम्पन्न
विश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने उद्देश्यले आज मिति २०८१ फागुन २८ गते (12th March 2025) को दिन “मृर्गौला स्वास्थ्य वारे शुरुमै थाहा पाउँ” भन्ने मुल नाराको साथ विभिन्न कार्यक्रम गरी विश्व मृर्गौला दिवस मनाइयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको मुख्य आयोजनामा तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९ल्ब्ःक्० वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, स्वास्थ्य अभियान नेपाल ९क्ब्ल्०, नेशनल किड्नी सेन्टर, काठमाण्डौं मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, नर्भिक अन्तराष्ट्रिय अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल र मध्यपुर अस्पताल लगायतको संघ संस्थाको सहभागिता थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा ललितपुर स्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा आयोजित उक्त कार्यक्रममा विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, पत्रकार, कलाकार, समाजसेवी, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित, राजनीतिज्ञ तथा सर्वसाधारणहरु सहित करिव एक हजार जनाको सहभागीता रहेको थियो ।
प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष यो विश्व मृगौला दिवसको आयोजना गर्ने गरिन्छ ।
बिहान ७ः४५ वजे पाटन मंगलबजार बाट मृर्गौला स्वास्थ्यका बारेमा लेखिएको प्लेकार्ड र ब्यानर सहित ¥याली मृर्गौला पदयात्रा भएको थियो ।

उक्त समारोहमा आयोजित मैत्रीपूर्ण फूटवल खेलमा चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, मन्त्री, राजनितिज्ञ टोलीको नेतृत्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पैडेलले गर्नुृ भएको थियो भने प्रत्यारोपित, अंगदाता टोलीको नेतृत्व झम्क श्रेष्ठले गर्नु भएको थियो । उक्त खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो ।

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा प्रत्यारोपण र डाइलाइसिसको संख्या कमी ल्याउने कार्यको लागि समेत प्रमुख मूभिका निर्वाह गर्नुपर्ने कुरा उल्लेल गर्नु भयो र समय समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रत्यारोपणको स्थिति सम्म आउन नदिन व्यक्तिले सकारात्मक जीवन शैली र नियमित रुपमा मृगौला को स्वास्थ्य जाँच गर्नुपर्ने र मृर्गौला स्वास्थ्यको वारेमा विद्यालयको पाठ्यक्रममै समावेश गराउन पर्ने समेत बताउनु भयो । मन्त्री पौडेलले मानब अंग प्रत्याारोपण केन्द्र र डा पुकार चन्द्र श्रेष्ठले नेपालमा प्रत्यारोपण र अंगदानको क्षेत्रमा गरेको कामको खुलेरै प्रशंसा गर्नु भयो ।

प्रमुख आयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नियमित शारिरीक व्यायाम गर्ने, शरीरलाई स्फुर्त राख्ने, खानामा पथ परहज गर्ने, शरिरको तौल नियन्त्रणमा राख्ने, धुम्रपान र मध्यपान नगर्ने, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, चिकित्सकको परामर्श विना नदुख्ने औषधि, एन्टीबायोटिक आदिको सेवन नगर्ने, प्रसस्त मात्रामा पानी पिउने र कम्तीमा वर्षको एक चोटी मृर्गौला तथा अरु अंगहरु स्वास्थ्य छ की छैन भनी चिकित्सकीय जाँच गर्ने कार्य गर्नु पर्ने जस्ता स्वस्थ्य रहन सुनौला ८ नियमको पालना गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

मिति ः २०८१।११।२८