नगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणा गलत

नगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणा गलत
भक्तपुर, माघ २४ गते
नगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणाका कारण ख्वप विश्वविद्यालयले अहिलेसम्म स्वीकृत नपाएको उल्लेख गर्दै वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले नगरराज्यबाट विकास भएको भारतसँग त्रिविले स्वीकृति पाउन कितावहरुको लिष्ट प्रस्तुत गर्नु परेको इतिहास स्मरण गराएका छन् । भक्तपुरमात्र होइन देशकै उत्कृष्ठ सामुदायिक विद्यालय तथा कलेज मध्येमा पर्ने भक्तपुरको बागीश्वरी माविको ६६ औं र कलेजको १७ औ तथा बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रौ वार्षिकोत्सवको उद्घाटन गर्नु हुँदै अध्यक्ष विजुक्छेले लामो समयसम्म जेल बसेका प्रधानमन्त्री हलुवाबेन खाएर पनि यसको स्वाद थाहा नपाए जस्तो गरी ख्वप विश्वविद्यालय स्वीकृतमा बिलम्ब गरिरहेको गलत कार्य भएको बताएका हुन ।


परापूर्व काल देखि विद्यापीठ र विहारहरुले भरिएको भक्तपुर स्वय्म विश्व विद्यालय भएको बताउँदै अध्यक्ष विजुक्छेंले रामायण महाभारत बरु गुरुले शिष्यलाई पढाएर अघि बढेको चर्चा गर्दै धेरै राम्रा देशमा पनि खराव चिज र कमिकमजोरी रहने गरेको अमेरिकाको राष्ट्रपतिको सत्तारोहन र घटनाक्रमले प्रष्ट्याएको बताएका छन् । देशमा लोकतन्त्र र गणतन्त्र आएपनि जनताको चेतना स्तर उकास्न नसक्नु सत्तासिन दलहरुको सिद्धान्तहिन र अवसरवादी चरित्र भएको औल्याउँदै अध्यक्ष विजुक्छेले बागेश्वरी मावि, कलेजका उत्कृष्ठ तथा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु सम्मानित गर्नु भयो ।
वागेश्वरी कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभाको सभापत्वि ग्रहण गर्दै
बागेश्वरी कलेज भक्तपुर जिल्लाकै पहिलो सामुदायिक कलेज भएको बताउँनु भयो । विदेशी सहयोग र केन्द्र सरकार तथा प्रदेश सरकारको सहयोग विना केही पनि हुँदैन भने सोच भएकाहरुकालागि बागेश्वरी कलेज आफ्नै खुट्टामा उभिन सकेको उदाहरणीय कलेज भएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बागेश्वरीको साँस्कृतिक महोत्व झै यसले देशको शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । बागेश्वरीको शैक्षिक तथा प्राज्ञिक प्रगतिलाई आफ्नो विद्यावारिधीमा समेत उल्लेख गरेको बताउँदै अध्यक्ष शर्माले विद्यालयबाट उत्पादित विद्यार्थीहरु देश र समाजलाई अनि विश्वलाई के कस्तो योगदान गरेको छ भन्ने मूल्यांकनबाट शैक्षिक गणस्तरीयताको मापन गर्नुपर्नेमा जोड दिनु भयो भने नेक्राशि संघका कोषाध्यक्ष एवं आदर्श आजाद माविका प्रधानाध्यापक चक्रबहादुर चाकटुले शिक्षा कस्तो हुनपर्छ, शिक्षक र शिक्षालय कस्तो हुनपर्ने हो शिक्षा ऐन मै उल्लेख गर्नुपर्नेमा जोड दिदै देश संघियतामा गइसक्दा पनि २८ सालको ऐन अनुसार काम गर्नु परिरहेको बताउनु भयो । २०८० सालमा ल्याएको शिक्षा विद्येयक अप्रजातान्त्रिक र शिक्षकहरुलाई कुष्ठित गर्ने कुराहरु रहेको उल्लेख गर्दै उहाँले सरकारले शिक्षामा प्रतिगामी कडन चालि रहेकोले शिक्षकहरु आन्दोलित हुनुपर्ने अवस्थामा रहेको बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई प्राविधिकरुपले पनि अगाडी बढाउँदै सम्बेदनशील र जिम्मेबार बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । बागेश्वरीलाई सामुदायिक सिकाई केन्द्रको रुपमा अझ विकास गर्न सकेको खण्डमा देशमा थप योगदान गर्न सकिने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९का वडाध्यक्ष रविनद्र ज्याख्व, पूर्व विद्यार्थी समाजका अध्यक्ष, रत्नप्रसाद प्रजापति, बागेश्वरी कलेज अफ म्यानेजमेण्टका प्राचार्य कृष्णप्रसाद धन्छा, बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बागेश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्य सहितका बक्ताहरुले विद्यालयको शैक्षिक गतिविधिहरुको जानकारी दिएका थिए ।