भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् । आज भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरुमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ । नयाँ कार्यसमितिको सपथ र पदस्थापन कार्यक्रम आजै सम्पन्न भएको छ । सो अधिवेशनको उदघाटनसत्रमा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व सचिव नारायण सुन्दर किलम्बु, फोनिजका केन्दूीय सचिव अन्जना सिल्पकार, फोनिज बागमती प्रदेशका अनुशासन कमिटीका संयोजक बाबुकाजी श्रेष्ठ र फोनिज भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले आदिबासी जनजातिको अधिकारका लागि जनजाति स्वयम् सचेत हुन आवश्यक रहेको बताए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













