एक महिने माधवनारायणको ब्रतकालागि स्वास्थ्य शिविर आयोजना हुने

एक महिने माधवनारायणको ब्रतकालागि स्वास्थ्य शिविर आयोजना हुने
भक्तपुर, पुस २७ गते
पुस२९ गते देखि सुरु हुने भक्तपुरको एक महिने माधव नारायणको ब्रत तयारी तिव्र पारिएको छ । हनुमानघाटको फोहर पानी प्रशोधन तथा व्यवस्थापन गर्दै ब्रतको तयारी भइरहेको माधवनारायण ब्रत समितिका सचिव लक्ष्मी रञ्जितले जनाएको छ । यस वर्षको व्रतमा ३० जना नियमित ब्रतालुहरु सहभागि ह्ुने निश्चित भएको भन्दै उहाँले जनस्वास्थ्य प्रति ख्याल गर्दै यस पटक आवश्यकता अनुसार स्वास्थ्य शिविर पनि आयोजनाको तयारी भईरहेको बताए । सचिव रञ्जितका अनुसार भोली ख्वप अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना हुने छन् ।