भाज्या पोखरीको दक्षिणी डिल खोल्न अवरोध गर्नेहरु सम्पदा विरोधी मात्र नभई जनविरोधी र गैर कानुनी भएको नगरपालिकाको स्पष्टोक्ति
ऐतिहासिक भाज्या पोखरीको दक्षिणी डिल खोल्न अवरुध गर्नेहरु सम्पदा विरोधी मात्र नभई जनविरोधी र गैर कानुनी भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका निमित प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै भाज्या पुखुको दक्षिण पट्टीको डिल संरक्षणबारे भक्तपुर नगरपालिकाले स्पष्टोक्ति दिएका हुन ।















