काचाला, ईटबु चौबाटो कायम राख्न जनदबाब

काचाला, ईटबु चौबाटो कायम राख्न जनदबाब
भक्तपुर, भाद्र २४ गते
सूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तारकोक्रममा ठाउँ ठाउँमा चौवाटो हटाएको भन्दै स्थानीय आन्दोलनमा उत्रन थालेका छन् । ऐतिहासिक आर्दश चोकमा चौबाटो कायम राख्न दवाफ दिएसँगै कालाचाका समुदायले पनि चौबाटो कायम नै राख्नुपर्नेमा जोड दिदै आन्दोलन थालेको खुलेको छ । कालाचाका समुदायले गत जेष्ठ १६ गते स्थानीय न्हुछेभक्त भेलेको संयोजकत्वमा चौबाटो कायम गर्न संघर्ष समिति गठन गर्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै आएको हो । स्थानीय पालिका र अरनिको राजमार्ग निर्माण परियोजनासँग समन्वय गर्दै आदर्श चोकमा चौबाटो कायम गर्न सहमत भएपनि कालाचाको चौबाटो खुल्लाउने विषयमा चासो नराखेको भन्दै स्थानीय समुदायले आज विहान सडकमै सभा आयोजना गरी कालाचामा पनि चौबाटो कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

न त परियोजनाले हाम्रो कुरा सुन्यो, न स्थानीय निकायले समन्वय गर्योे, आदर्शमा त चौबाटो कायम हुने भयो भन्ने कुरा सुन्यौ, आदर्श र कालाचाको विषय एक्कैपटक सम्बोधन होला भन्ने लागेको थियो, कालाचालाई ब्यवास्ता गर्यो त्यसैले हामी सडकमा आयौ दबाफ समूहकाका सदस्य राध्येश्याम सुवालले जनसञ्चार खवरलाई बताए । सुवालले भने आदर्श जोक जस्तै ऐतिहासिक र साँस्कृतिक मार्ग त्योसँगै निकासकालागि पनि महत्वपूर्ण चौबाटो कालाचा ईटबु चौबाटो रहेकोले यसलाई कायम गर्नुपर्छ । हाम्रो कुरा सुनेन भने फेरी हामी पनि सडकमा आउनुपर्ने हुन्छ, उहाँले बताउनु भयो र ।
सडक विस्तार आयोजनाले कालाचा ईटबु चौबाटो बन्द गरेको चालपाएपछि चौबाटो खोल्न दवाब दिन स्थानीय न्हुछेभक्त भेलेको संयोजकत्वमा समिति बनेको उल्लेख गर्दै समितिका सचिव लक्ष्मीप्रसाद गोराले चौबाटो खोल्न जनदाबाव सृजना गर्न सो कार्यक्रम आयोजना भएको बताएका थिए ।