भक्तपुरनगरको एसईई उत्तीर्ण प्रतिशत ८४.२७ प्रतिशत

भक्तपुरनगरको एसईई उत्तीर्ण प्रतिशत ८४.२७ प्रतिशत
भक्तपुर, असार २० गते
२०८० सालको एसईई परीक्षामा मुलुकभर ५२.१४ प्रतिशत अनुर्तिण अर्थात ४७. ८६ प्रतिशतले मात्रै परीक्षा उत्तीर्ण गरेको राष्ट्रिय परीक्षा बोर्डको नतिजा देखेर निरास भएका शिक्षाप्रेमीहरुकालागि भक्तपुर नगरको नतिजाले उत्साह जगाएको छ । नगर शिक्षा समितिले आज प्रकाशित गरेको सूची अनुसार भक्तपुर नगरका दुई हजार चार सय ४८ परीक्षार्थीहरु मध्ये दुई हजार ६३ अर्थात ८४.२७ प्रतिशत परीक्षार्थीहरुले एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । नगरका ६० वटा विद्यालयबाट एसईई दिएका मध्ये सबैभन्दा बढी बागेश्वरी विद्यालयबाट दुई सय ७० जनाले परीक्षा दिएका थिए भने सबै भन्दा कम हिमालयन स्कूलबाट ३ जनाले मात्रै एसईई दिएका थिए ।

मुलुकभर एसईईको नतिजाबाट निरास भएका शिक्षक, अभिभावक र विद्यार्थी तथा शिक्षाप्रेमी हरुकालागि ढिला भएपनि यो नतिजाबाट पक्कै पनि उत्साहको सञ्चार गरेको देखिन्छ । यस नगरमा बिगतका वर्षहरुमा परीक्षा दिएर पनि उत्तिर्ण हुने विद्यार्थीको संख्या सुन्य वा न्यून भएका विद्यालयहरु पनि हुन्थ्यो भने यस वर्षको परीक्षामा नगरका कुनै पनि विद्यलय शुन्यमा छैनन् । २५देखि शत प्रतिशतसम्म परीक्षार्थी उत्तिर्ण गर्न सफल भएको नगर शिक्षा शाखाले आज सार्वजनिक गरेको सुचीमा उल्लेख छ ।
११ वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्न सफल भएका छन् भने १५ विद्यालयको नतिजा ९० प्रतिशत भन्दा बढी छ । एउटा खुल्ला विद्यालयको नतिजा बाहेक नियमित चलेका अधिकांश विद्यालयको नतिजा ६० प्रतिशत भन्दा माथि छ । नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ६६२ जना छन् भने ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ७६५ जना यसै गरी २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ५२९, २.४ देखि २.८ जिपिएमा १०५ र २ देखि २.४ जिपिए ल्याउनेमा २ जना मात्रै रहेका छन् । अनुत्र्तिण अर्थात एनजी भएका ३८५ विद्यार्थीहरुले पनि श्रावणमा हुने मौका परिक्षा दिएपछि यस नगरको एसईई परीक्षाको उत्र्तीण नतिजा ८४.२७ प्रतिशत भन्दा बढी पुग्ने देखिन्छ ।