बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्रा
भक्तपुर, जेष्ठ ९ गते
२५६८ औं वुद्ध जयन्तीको अवसरमा भक्तपुरमा शान्ति पदयात्रा भएको छ । युवा बौद्ध पुचः द्वारा आज क्वाठण्डौ भक्तपुरबाट मैनबत्ति पदयात्रा गर्दै २५६८ औ बुद्ध जयन्ती मनाएका हुन । बौद्ध धर्मको प्रवर्धन तथा बुद्ध शिक्षाको प्रचार प्रसार गर्ने उदेश्यले सो कार्यक्रम आयोजना भएको युवा बौद्ध पुचःले जनाएको छ । पदयात्रामा मुनिबिहारका भिछु र पासिकाहरुका साथै बोद्धमार्गीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसै बीच भोली बैशाख पूर्णीमा गौतम बुद्धको जन्म, शिक्षाप्राप्ति भएका दिन, त्यसँगै निवारण भएको महत्वपुर्ण दिन भएको भन्दै वुद्ध जयन्तीको अवसरमा मुनिबिहारले विगतका बर्ष झै यसवर्ष पनि रथयात्रा गर्ने जनाएको छ ।
















