भक्तपुर नगरपालिकाको छैटौं नगर सभा आजबाट सुरु, सरकारको तयारी नपुगेको भन्दै विश्व स्वास्थ्य संगठनका विज्ञहरुको सल्लाह अनुसार मात्रै कोरना भाइरस प्रभावितलाई व्यवस्थापन गर्नुपर्नेमा नेमकिपा अध्यक्ष बिजुक्छेको जोड

भक्तपुर, माघ २८ गते
भक्तपुर नगरपालिकाको छैटौं नगर सभा आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आज भक्तपुर नगरपालिकाको छैटौं नगर सभाको पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएसँगै नगर सभा सुरु भएको हो । कानुन निर्माण गर्ने सभाको रुपमा आयोजित सो सभामा अध्यक्ष विजुक्छेले कोरना भाइरस प्रभावितहरुलाई भक्तपुरका विभिन्न ठाउँमा राख्ने हल्लाले जनतामा सन्त्रास फैलिएको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनका विज्ञहरुको परामर्श विना राख्न नहुने विचार व्यक्त गर्नु भयो । प्रभावितहरुलाई भक्तपुरमा राख्यो भने आउने जाने हरेक मानिस, सवारी साधनहरुको समेत निगरानी राख्नका साथै सडक बस्तीमा समेत व्यापक सरसफाई र सचेतना फैलाउनु पर्ने बताउनु भयो । को कहाँ के भन्न नसक्ने सरकारको भरमा प्रभावितहरु बस्ती क्षेत्रमा राख्यो भने जोखिम उच्च रहने भएकाले सतर्क रहन र टोल टोलमा जनचेतना फैलाउन नगरपालिकालाई अनुरोध गर्नु भयो ।


एमसीसीको मित्रताले युद्ध निम्त्याउन सकिने भएकाले सदनबाट कुनै पनि हातलमा पास गर्न नहुने भन्दै उहाँले परराष्ट् मन्त्रीलाई राजीनामा गर्न लगाएर भए पनि एमसीसी स्थगित गराउनुपर्नेमा जोड दिनु भयो । सरकारले बोल्न नसकेको अवस्थामा बिपक्षिलाई बोल्न लगाएर भएपनि एमसीसी रोक्नुपर्नेमा जोड दिदै अमेरिकाले मित्रताको नाममा युद्ध गर्दै आएको उदाहरणहरु प्रस्तुत गर्नु भयो । उहाँले भन्नु भयो अमेरिकाले हरेक वर्ष कुनै न कुनै देशमा आक्रमण गरी ध्वस्त बनाइ आएको छ । अमेरिकी सेना नेपाल प्रवेश गर्यो भने त्यस्तै भयाभव स्थिति आउने तर्फ सर्तक हुनुपर्नेमा जोड दिनु भयो ।
नेमकिपाले भक्तपुरलाई मात्र नहेरिरहेको राष्ट्रिय अन्तरराष्ट्रिय विषयमा बढी ध्यान दिदै आएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले नेमकिपाले कहिल्यै हस्तक्षेपकारी नीति नलिएको बताउनु भयो । भक्तपुर क्यान्सर अस्पताल जनस्वास्थ्यसँग सरोकार भएकोले त झनै हस्तक्षेप गर्ने कुरा नभएको, स्वास्थ्यमा राजनीति नगरेको बताउनु भयो । अस्पतालका कर्मचारी, डक्टरहरुले अनुरोध गरेपछि अस्पताल सहजरुपमा सञ्चालनका लागि नगरपालिकाले सहयोग मात्र गरेको बताउनु भयो । सो अस्पताल सञ्चालनका लागि बरु आफूले सरकार, मन्त्रीहरुसँग भनेर पनि आवश्यक सहयोगहरु जुताई दिदै आएको खुलासा गर्नु भयो । आफूले संचालकहरुलाई कहिल्यै संका नगरेको अवस्थामा मन्त्रीले समेत सहयोग गरेपछि सञ्चालकहरुले पैसा गोजीमा हाल्छ भने प्रतिकृया आएपछि मात्र यथार्थ थाहा भएको भन्दै आफू भन सुनमा विश्वास नगर्ने भएकाले सधै नेताहरुलाई भनि नहिडेको बताउनु भयो ।अध्यक्ष विजुक्छेले विदेशमा युवाहरु पठाउने र रेमिटेन्सबाट देश चलाउने सोच गलत भएको बताउनु भयो ।


सभाका सभापति एवं भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको प्रगति विवरण प्रस्तुत गर्दै प्रस्तावित योजनाहरुको पर्याप्त बजेट निकासा नहुँदा योजना अनुसार काम हुन नसके पनि देशका अन्य स्थानीय तहहरु मध्ये उदाहरणीय रुपमा कार्य सम्पादन गर्न सफल भएको बताउनु भयो । विकास निर्माण र सम्पदा जिर्णोद्धार लगायत हरेक काम उपभोक्ता समितिमार्फत गरार्दा स्थानीय समुदायको आर्थिक सहयोग, श्रमदान समेत जुत्ने भएको उदाहरण प्रस्तुत गर्दै जनविश्वासका साथ पारदर्शि रुपले आम्दानी र खर्च गर्दै आएको बताउनु भयो । सरकारी योजनाका बजेटहरु समयमै नआउँदा ऋण लिएर समेत योजना सञ्चालन गर्नुपर्ने अवस्था आएका भन्दै आम्दानी अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, पुनर्निर्माण, विकास निर्माण, पर्यटन केन्द्रीत गतिविधि, भक्तपुर महोत्सब, खेलकूद प्रशिक्षण तथा प्रतियोगिताका गतिविधि, सीपमूलक तालिम सञ्चालन एवं जनस्वास्थ्यलाई ख्याल गर्दै बजार अनुगमण समेत गर्दै आएको बताउनु भयो ।
कोरना भाइरस प्रभावितलाई भक्तपुरमा राख्ने सरकारको योजनामा नगरपालिका सचेत भएर जनचेतना फैलाउन जुत्ने बताउँदै नगरसभाबाट बनेका नीति र बनाउन आवश्यक नीतिहरुका बारेमा छलफल गरी आवश्यक नीतिहरु बनाउने विश्वास दिलाउनु भयो । उहाँले चालु आर्थिक वर्षको लागि विनियोजित पूँजीगत तर्फ १ अर्ब१३ करोड ३० लाख विनियोजन भएकोमा पौष मसान्तसम्ममा २५ करोड १० लाख ९५ हजार रुपियाँ खर्च गरी २२ दशमलब १६ खर्च प्रगति भएको उल्लेख गर्नु भयो भने चालु र पूँजीगत तर्फको २ अर्ब १३ करोड १० लाख पारित बजेट मध्ये ६१ करोड २८ लाख १७ हजार अर्थात कूल बजेटको २८ दशमलब ७६ प्रतिशत खर्च भएको बताउनु भयो ।पाँचौं नगरसभाले आन्तरिक आयतर्फ ४२ करोड रुपैयाँ ( जग्गा विक्रीबाहेक) ¬¬¬राजश्व संकलन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै बितेको ६ महिनामा २० करोड ३५ लाख ८४ हजार रुपैयाँ कर असुली भएको बताउनु भयो । सोही अवधिमा आ.व. २०७५÷७६ मा २० करोड ३७ लाख ३० हजार रुपैयाँ कर असुल भएका भन्दै नगर प्रमुख प्रजापतिले। यो वर्ष विगतको वर्षभन्दा ६ महिनामा १ लाख ४६ हजार रुपैयाँ कर असुली कम भएको बताउनु भयो


कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियर कलेज र ख्वप कलेज अफ इन्जिनियर कलेज एव ख्वप कलेज, ख्वप मावि र शारदा कलेज लगायतका कलेजहरुमा देशभरका विद्यार्थीहरुको उत्कृष्ठ रोजाइमा परिरहेको विवरणहरु प्रस्तुत गर्दै कलेजका प्राचार्य सुजन माक र प्रकाश श्रेष्ठले प्रगतिविरणहरु प्रस्तुत गर्नु भयो । उहाँहरुले कमशुल्कमा गुणस्तरीय शिक्षा दिएर देशकै उत्कृष्ठ कलेजको रुपमा विकास हुँदै आएको तथ्यहरु प्रस्तुत गर्नु भयो ।
कार्यक्रमका अतिथी विशेष अदालतका पूर्व मूल्य न्यायधिश गौरीबहादुर कार्कीले भक्तपुर नगरपालिकाका बारेमा बाहिर केही हल्ला सुने पनि बास्तविकता बुझ्दा देशका ७ सय ५३ स्थानीय तहहरुको तुलनामा उदाहरणीय र उत्कृष्ठरुपमा शिक्षा, स्वास्थ्य, पर्यटन र जनसरोकारहरुमा काम गर्दै आएको देखेको भन्दै अझ राम्रो काम गर्न सकोस् भनि सुभकामना व्यक्त गर्नु भयो । भक्तपुर क्यान्सर अस्पतालका प्रमुख ऋषीकेशनारायण श्रेष्ठले बिगत ६ महिना देखि अप्ठेरो अवस्थामा रहेको भक्तपुर क्यान्सर अस्पताललाई सहज रुपले सञ्चालन गर्न भक्तपुर नगरपालिकाले साथ दिएको बताउनु भयो । सरकारको सहयोगमा सञ्चालन भइरहेको भरतपुर क्यान्सर अस्पताल भन्दा क्षमताको आधारमा उत्कृष्ठ कार्य गर्दै आएकोमा विगतका केही सञ्चालकहरुले मागेर खाने बनाएकाले अप्ठेरो अवस्था आएको बस्तुस्थितिहरु बारे जानकारी दिनु भयो । अस्पताल प्रमुख श्रेष्ठले नगर सभाको सफलतासँगै अस्पतालले पनि निकास पाउने विश्वास व्यक्त गर्नु भयो ।
जनप्रतिनिधीहरुको तर्फबाट जनप्रतिनिधी उकेश कवांले पनि मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा उपमेर रजनी जोशीले चुनावी घोषणा पत्र अनुसार जनप्रतिनिधीहरुले काम गर्दै आएको बताउनु हुँदै आज कार्यक्रम विशेषले नगरकोट पुग्दा कोरना भाइरसको सुरक्षा व्यवस्था देख्दा अध्यक्ष विजुकछेले भनु भए जस्तै सचेतना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक देखेको बताउनु भयो भने उहाँले चैत्र ४ देखि ८ गतेसम्मको भक्तपुर महोत्सवलाई भव्य रुपले मनाउन आग्रह गर्नु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल र जनप्रतिनिधी रविन्द्र ज्याख्वले पनि बोल्नु भएको थियो ।

भक्तपुर नगरपालिकाको छैटौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य

नगर सभासदज्यूहरु,
भक्तपुर कला र संस्कृतिमा धनी प्राचीन नगर हो । विश्व सम्पदा सूचिमा सूचिकृत दरवार क्षेत्रलगायत यस नगरमा कैयौं मूर्त र अमूर्त सम्पदाहरु जीवन्त छन् । ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ नारालाई व्यवहारमा उतार्न हामी जनप्रतिनिधिहरु कृयाशील छौं । कला र संस्कृतिको संरक्षण गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्य अनुरुप विभिन्न गतिविधि गर्दैछौं । मौलिक पहिचानलाई कही कतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भन्नेबारे नगरपालिकाका हामी जनप्रतिनिधिहरु अत्यन्त सचेत छौं ।
हाम्रा परम्परागत निर्माण प्रविधि र निर्माण सामग्रीको प्रयोग कति उत्कृष्ट छन् भन्ने कुरा सैयौं वर्ष पुराना हाम्रा सम्पदाहरुले प्रमाणित गरेका छन् । हाम्रा सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्धारमा परम्परागत प्रविधिलाई नै प्राथमिकतामा राख्दै कार्य अगाडि बढाउ“दै छौं ।

This image has an empty alt attribute; its file name is IMG_2793-1024x683.jpg
आदरणीय मित्रहरु,
नगरपालिकाको यो छैटौं नगरसभा हो । मुलतः यो विधेयक सभा हो । आ. व. २०७६÷७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिहरु यस नगरसभाले पारित गनेंछ । नगरसभाले पास गरेका विधेयकहरु राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने कानूनी व्यवस्था छ ।
नगरपालिकाको पा“चौं नगरसभा २०७६ असार ९ गते शुरु भई असार १८ गते सम्पन्न भएको थियो । उक्त नगरसभाले आ. व. २०७६÷७७ को नीति तथा कार्यक्रम पारित गर्नुका साथै रु. २ अर्व १३ करोडको बजेट पारित गरेको थियो । नीति तथा कार्यक्रमलाई आधार बनाई पारित गरेको बजेट अहिले कार्यान्वयनमा छ । नीति तथा कार्यक्रममा उल्लेखित अधिकांश कार्यहरु भइसकेका छन् भने विकास निर्माणले तिव्रता पाउ“दैछ । यसबारे संक्षिप्तमा यहा“ प्रस्तुत गर्न चाहन्छौं–
खर्चतर्फ ः
आ.व. २०७५÷७६ मा चालूतर्फ ८७ करोड ९३ लाख ८८ हजार रुपैया“ विनियोजन गरिएकोमा २०७५ पौष मसान्तसम्ममा ३१ करोड ७९ लाख ८३ हजार रुपैया“मात्र खर्च भएको थियो । चालू आ.व. २०७६÷७७ मा ९९ करोड ८० लाख रुपैया“विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्ममा ३६ करोड १७ लाख २२ हजार रुपैया“मात्र खर्च भएको छ, जुन विनियोजित बजेटको ३६.२४ प्रतिशत हो ।
त्यसैगरी पूँजीगततर्फ २०७५।७६ मा ८६ करोड ९६ लाख १२ हजार रुपैया“ विनियोजन गरिएकोमा सोही आ. व. को पौष मसान्तसम्ममा रु २१ करोड १४ लाख ५९ हजार खर्च भएको थियो । चालू आ.व. २०७६।७७ मा पूँजीगततर्फ १ अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्म २५ करोड १० लाख ९५ हजार रुपैया“ खर्च भएको छ, जून विनियोजित वजेटको २२.१६ प्रतिशत हो ।
यसरी चालू आ.व.मा जम्मा २ अर्व १३ करोड१० लाख वजेटपारित भएकोमा चालू तथा पूँजीगततर्फको गरी जम्मा ६१ करोड २८ लाख १७ हजार अर्थात कूल वजेटको २८.७६ प्रतिशत खर्च भएको छ ।
आन्तरिक आयतर्फ ः
पाँचौं नगरसभाले आन्तरिक आयतर्फ ४२ करोड रुपैयाँ ( जग्गा विक्रीबाहेक) ¬¬¬राजश्व संकलन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै बितेको ६ महिनामा २० करोड ३५ लाख ८४ हजार रुपैयाँ कर असुली भएको बताउनु भयो । सोही अवधिमा आ.व. २०७५÷७६ मा २० करोड ३७ लाख ३० हजार रुपैयाँ कर असुल भएका भन्दै नगर प्रमुख प्रजापतिले। यो वर्ष विगतको वर्षभन्दा ६ महिनामा १ लाख ४६ हजार रुपैयाँ कर असुली कम भएको बताउनु भयो देखिन्छ ।
पर्यटन ः
२०७६ साल साउन १ गतेदेखि पौष मसान्तसम्ममा गैरसार्क पर्यटकहरु ७५,५२९ जना र सार्क तथा चिनियाँ पर्यटकहरु ५८,१०३ जना गरी १,३३,६३२ जनाले भक्तपुर भ्रमण गरे । गत आर्थिक वर्षको सोही अवधिमा गैरसार्क पर्यटकहरु ७८,१३९ र सार्क तथा चिनियाँ पर्यटकहरु ५५,८३२ जना गरी कूल १,३३,९७१ जनाले भक्तपुर भ्रमण गरेका थिए । यस अवधिमा गैरसार्क पर्यटकहरु, सार्क तथा चिनियाँ पर्यटकहरु गरी ३३९ जनाले घटेको देखिन्छ । केही समय पहिले नेपालमा पैmलिएको डेंगु रोग र हाल चीनमा पैmलिएको कोरोना भाइरसको कारण नेपाल आउने पर्यटकहरुको संख्यामा कमी आएको देखिन्छ ।
पर्यटन क्षेत्रको प्रबद्र्धनको लागि विभिन्न ६ वटा भाषामा ब्रोसरहरु प्रकाशित गर्दै आएका छौं । लामो समयसम्म भक्तपुर भ्रमणमा बस्न चाहनेहरुको लागि भिजिटर पासको व्यवस्था, भक्तपुरका महत्वपूर्ण क्षेत्रहरु– दरबार क्षेत्र, टौमढी क्षेत्र, भक्तपुर नगरपालिका क्षेत्रलगायतमा इन्टरनेटको सुविधा, स्थानीय पथ प्रदर्शक तालिम संचालन भाषा कक्षा तथा समय समयमा पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरुको भेला गर्दै आएका छौं ।
चालू आर्थिक वर्षमा विभिन्न देशका उच्चपदस्थ पदाधिकारीहरुले भक्तपुरको भ्रमण गरेका थिए । यस क्रममा मिति २०७६ कार्तिक २६ गते मित्रराष्ट्र बंगलादेशका महामहिम राष्ट्रपति अब्दुल हमिद, २०७६ जेष्ठ २८ गते चिनियाँ विदेशमन्त्री वाङ यी ९ध्बलन थ्ष्०,र २०७६ पौष ७ गते बेल्जियमका राजकुमारी एष्ट्रिड९ब्कतचष्म०ले भक्तपुरको भ्रमण गर्नुभयो ।

शिक्षा ः
शिशु स्याहारदेखि कलेजसम्म आफ्नै श्रोत र साधनले शैक्षिक संस्थाहरु संचालन गर्ने भक्तपुर नेपालकै पहिलो नगरपालिका हो । २ वटा इन्जिनियरिड्ड कलेजसहित ७वटा शैक्षिक संस्थाहरुमा देशभरिका ६००० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । सरकारले अनुमति दिएमा ख्वप विश्वविद्यालयअन्तर्गत् मेडिकल कलेज संचालन गरी सस्तोमा गुणस्तरीय चिकित्सकहरु उत्पादन गर्ने उद्देश्य रहेको छ । नगरपालिकाद्वारा संचालित कलेजहरुमा देशको आवश्यकतालाई ध्यान दिएर कानून, चित्रकलालगायतका विषय संचालन शुरु ग¥यौं । राजनीति शास्त्र, भूगोल, इतिहास, संस्कृति र नेपाल भाषामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था छ ।
गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट बंचित हुन नपरुन् भनेर प्रति विद्यार्थी रु. ५ लाखसम्म शैक्षिक प्रमाणपत्र धितो लिएर शैक्षिक ऋण प्रदान गर्ने निर्णय ग¥यौं । २०७५÷७६ मा ३५ जनाले रु. १८ लाख १६ हजार ऋण लिए भने २०७६÷७७ मा ९० जना विद्यार्थीहरु ऋण पाउन छनौट भएकोमा हालसम्म ३३ लाख १९ हजार रुपैया“ ऋण वितरण भइसकेको छ ।
विद्यार्थीहरुको मानसिक र व्यक्तित्व विकासको लागिसमय समयमा चित्रकला, बक्तृत्वकला, निबन्ध लेखन प्रतियोगितालगायतका गतिविधिहरु गर्दै आएका छौं ।
स्वास्थ्य ः
जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो नर्सिड्ड र ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र संचालन गरेर जनताको सेवा गर्दै आएको छ । यस वर्ष भनपा–१ सल्लाघारी सृजना नगरमा एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने कार्य अगाडि बढाई सकेका छौं भने नगरका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने तयारीमा छौं । सामुदायिक आँखा केन्द्र र आयुर्वेदिक स्वास्थ केन्द्रबाटसमेत जनताको सेवा गदैं आएका छौं ।
समय समयमा नगरपालिकाले महिलाहरुको पाठेघर जा“च, आँखा परीक्षण, आयुर्वेदिक उपचार, दन्त परीक्षण शिविरहरु संचालन गर्दैछौं । नगरबासीहरुमा नसर्ने रोगहरु क्यान्सर, मस्तिष्कघात, मृगौला र मुटु रोगका विरामीहरु बढी देखिन थालेपछि नगरपालिकाले आफ्नै श्रोतबाट रु १०,०००।–(दश हजार) र नेपाल सरकारबाट प्राप्त हुने नगद रु. १ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने नीति बमोजिम चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १०९ जना विरामीहरुले सहयोग पाइसकेका छन् ।
नेपालमै पहिलो पटक दीर्घ दमखोकीको विरामीको लागि श्वास प्रश्वास पुनःस्थापन केन्द्र संचालनको तयारी गर्दैछौं । त्यसको लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जापानमा गएर हाम्रा २ जना चिकित्सकहरुले तालिम लिई सक्नु भएको छ भने भक्तपुरमै ५ जना प्राविधिकहरुलाई जापानी विज्ञहरुबाट तालिम दिइसकेका छौं । निकट भविष्यमै श्वास प्रश्वास पुनःस्थापन केन्द्र संचालन गर्ने तयारीमा छौं ।
संस्कृति संरक्षण ः
भक्तपुर नगरपालिकाले कला–संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ । हरेक वर्ष प्रत्येक वडाबाट २ जना गरी नगरभरिबाट २० जना सांस्कृतिक गुरुहरुलाई नगदसहित सम्मान तथा विभिन्न साँस्कृतिक प्रतियोगिताहरु संचालन गर्दै आएका छौं ।भर्खरै माघ २५ र २६ गते २ दिन भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न ग¥यौं । कूल ७७ समूहले भाग लिएको उक्त प्रतियोगिताबाट साँस्कृतिक सम्पदा नयाँ पुस्तामा हस्तान्तरण भएको अनुभव गरियो । नयाँ पुस्तालाई प्रोत्साहन दिन यस्ता गतिविधिहरुलाई निरन्तरता दिंदै जानेछौं ।
गाईजात्रा पर्वलाई पनि थप व्यवस्थित गर्ने सोचले त्यसबेला प्रदर्शन भएका परम्परागत र आधुनिकसाँस्कृतिक विधाहरुको छुट्टाछुट्टै मूल्यांकन गरी पुरस्कारको व्यवस्था गरियो ।
विद्यालय र कलेजहरुमा हाम्रा कला–संस्कृतिको महत्वबारे जानकारी दिन स्थानीय पाठ्यक्रममा व्यवस्था गरिए बमोजिम नयाँ पुस्तामा हाम्रो संस्कृति संरक्षणप्रति आकर्षण बढेको छ ।
पुनःनिर्माणः
२०७२ सालको भूकम्पले क्षति पु¥याएका ११५ भन्दा बढी सम्पदाहरुमध्ये हालसम्म ९१ वटा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भयो । त्यसको लागि नगरपालिकाले २५ करोड ४९लाख ५२ हजार. खर्च गरी सकेको छ । अभैm डेढ दर्जन पाटी पौवा, ढुड्डेधारा, सत्तल, मन्दिर पुनः निर्माणको क्रममा छन् । भनपा वडा नं. ५ स्थित भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न भयो भने विश्व प्रसिद्ध ङातापोल मन्दिर, भनपा १ स्थित रानीपोखरी र भाज्यापोखरी पनि जीर्णोद्धार भइरहेका छन् । यी सबै कार्यहरु स्थानीय जनताबीचबाट गठित उपभोक्ता समितिमार्पmत भइरहेका छन् ।
सम्पदा पुनःनिर्माणमा मौलिकतालाई जोड दिंदैछौं । संस्कृतिविद्, पुरातत्वविद्, इन्जिनियर, आर्किटेक्टलगायत विज्ञहरुसँग छलफल गरी परम्परागत निर्माण शैली र निर्माण सामग्रीलाई प्राथमिकता दिई कार्य गर्दैछौं । २०७६ माघ २० गते भक्तपुर नगरपालिकाको आयोजनामा विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्वारबारे अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा उपस्थित विज्ञहरुको सुझाव अनुसार इ. चन्द्रकिरण कवांको संयोजकत्वमा प्राविधिक समिति गठन गरी कार्य अगाडि बढाइएको छ । यस्तै अन्य महत्वपूर्ण सम्पदाहरुको पनि अभिलेखीकरण गर्दै व्यवस्थित गर्दै आएका छौं ।
दरवार क्षेत्रस्थित कला संग्रहालय रहेको न्हेकं झ्य दरवार, पहिले नगरपालिका रहेको थंथु दरवारलगायतका केही संरचनाहरु प्राविधिक कारणले निर्माणमा ढिलाई भइरहेको छ । अरनिको सभाभवन निर्माणको सम्पूर्ण डिजाइन कार्य तथा इष्टिमेटसमेत तयार भईसक्दा पनि प्राविधिक कारणले निर्माण अगाडि बढाउन सकेका छैनौं ।
नगरपालिकाभित्र भूकम्प पीडितहरुको लागि घर पुनःनिर्माण गर्न माटो जोडाइमा १०० प्रतिशत र सिमेन्ट जोडाइमा ७५ प्रतिशत छुटमा नक्सापास गर्दै आएका छौं । करिब ८ हजार घरमा क्षति पुगेकोमा ६,८८८ लाभग्राही सूचिमा दर्ता छन् । त्यसमध्ये पहिलो किस्ता लिनेहरु ५,६५१ जना,दोस्रो किस्ता लिनेहरु १,९७१ जना र तेस्रो किस्ता लिनेहरुको संख्या १,७८८ जना मात्र रहेका छन् । भूकम्प पीडितहरुलाई एकमुष्ट रकम दिनुपर्ने र अनुदान रकम समयानुकूल वृद्धि गर्नुपर्नेमा हामीले जोड दिंदै आएका छौं ।
विकास निर्माण ः
भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हसिंहमा ख्वप अस्पतालको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरेको उक्त अस्पताल लक्ष्यभन्दा अघि नै सम्पन्न गर्ने प्रयास गर्दैछौं ।
भेलुखेलस्थित ग्यः भिन्द्यो पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अनुकूल समयमा पुलको उद्घाटन गरिने छ । सो पुल भक्तपुर नगरपालिकाले बनाएको अहिलेसम्मकै सबभन्दा ठूलो आधुनिक पुल हो ।
हनुमानघाट सुधार र त्यहाँका पाटी पुनःनिर्माण सम्पन्न भइसकेका छन् भने छिपा ताँ पुनः निर्माण भइरहेको छ । त्यसबाहेक राममन्दिर, बाराहीस्थान, धालाखुसीको पुल निर्माणमा पनि बजेट विनियोजन भई त्यसको डिजाइन कार्य अगाडि बढेको छ ।
वडा वडामा थुप्रै विकास निर्माणका कार्यहरु भइरहेका छन् । भक्तपुर नगरपालिको बजेटबाट संचालन हुने अधिकांश विकास निर्माणका योजनाहरु उपभोक्ता समितिमार्फत संचालन गर्दै आएका छौं । नगरपालिकाअन्तर्गत् संचालित तुमचो–दुगुरे–चोखा जग्गा एकीकरण आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै देको–मिवा–इटापाके जग्गा एकीकरण आयोजनाअन्तर्गत हाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । लिवाली र कमलविनायक आवास क्षेत्रका सडकहरु कालोपत्रे गर्ने कार्य अघि बढिरहेको छ भने तुमचो–दुगुरे आयोजनाका सबै सडकहरु कालोपत्रे भैसकेका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग सहकार्य गरी भक्तपुर नगरपालिका वडा नं. २ सल्लाघारीमा ३ लाख लिटर क्षमताको पानी ट्यांकी तथा प्रशोधन संरचना निर्माण गरी खानेपानी वितरण कार्य भइरहेको छ । लिवालीमा भएको डीप बोरिङको पानी केयुकेएलको समन्वयमा वितरण भइरहेकोछ ।
पर्यटन केन्द्रीत गतिविधि ः
नेपाल भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रम भक्तपुरबाट भयो ।२०७६ मंसिर २६ गते सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रा गरी त्यसको शुरुवात भयो । दरवार क्षेत्र, टौमढी, दत्तात्रय हुँदै च्याम्हासिंहसम्म पैदलयात्रा गरी उक्त कार्यक्रम सम्पन्न भयो । पुरानो नगरको मूल सडकमा ढुड्डा छाप्ने, सम्पदा क्षेत्रमा आवश्यक बत्तीको व्यवस्था गर्ने, ठाउँ ठाउँमा शौचालय निर्माण गर्ने, महत्वपूर्ण सम्पदा क्षेत्रहरुमा सवारी प्रवेश निषेध गर्ने, पर्यटक सूचना केन्द्रहरुको व्यवस्था गर्ने काम भइरहेका छन् ।
स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक शान्ति सुरक्षातर्पm पनि हामीले ध्यान दिंदै आएका छौं ।‘भक्तपुर सुरक्षित छ’ भन्ने सन्देश दिन प्रहरी प्रशासनसंग समन्वय गरी विभिन्न गतिविधिहरु गर्दैछौं ।
यो वर्षदेखि सिद्धपोखरीमा नौका विहारसंचालन भएको छ । त्यहाँ घुम्न आउने आन्तरिक र वाह्य पर्यटकहरुले बढी मनोरञ्जन लिन सकुन् भन्ने उद्देश्यले त्यसलाई थप व्यवस्थित र विस्तार गर्ने तयारी गर्दैछौं ।
भक्तपुर महोत्सव ः
नेपाल भ्रमण वर्षको अवसरमा २०७६ चैत्र ४ गतेदेखि ८ गतेसम्म ५ दिन भक्तपुर महोत्सव गर्दैछौं । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव व्यवस्थापन समिति तथा आवश्यक विभिन्न उप–समितिहरु गठन गरी तयारी तीव्र पारेका छौं ।
महोत्सवमा भक्तपुरको जीवन शैली, माटोका भाडाको सीप प्रदर्शनी, स्थानीय उत्पादन, खाद्य उत्सव, दही उत्सव, पुस्तक तथा शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रतियोगिता, व्यापार मेला, महिला तथा बालबालिका मैत्री गतिविधिहरुलगायत प्रदर्शनी गर्ने योजना छ । यसमा सबैको सहयोग हुने हाम्रो अपेक्षा छ ।

खेलकुदः
सबै नगरबासीहरुलाई स्वस्थ बनाउने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएका छौं । निर्वाचन घोषणा–पत्र बमोजिम हरेक वर्ष एक वटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता संचालन गर्दै आएकोमा यो वर्ष यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्सप्रतियोगिता संचालन गर्दैछौं । २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सम्पन्न अन्तर विद्यालय खेलकुद प्रतियोगितामा ७२ विद्यालयका २,१०० खेलाडीहरुले सहभागिता जनाए । पुस २ गते नगरपालिका स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरुबीच छुट्टाछुट्टै खेलकुद प्रतियोगिताहरु सम्पन्न भए । खेलकुदलाई हरेक नागरिकको जीवनको एक अभिन्न अड्ड बनाउने उद्देश्य अनुसार समय समयमा विद्यालयहरुमा खेलकुद गतिविधि संचालनमा जोड दिंदैछौं ।
स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर प्रत्येक वडामा ब्यायामशालाहरु बनाई सकेका छौं ।यसलाई स्कूल र कलेजमा पनि क्रमशः विस्तार गर्दैछौं । ख्वप कलेज र ख्वप इन्जिनियरिड्ड कलेजमा पढ्ने विद्यार्थीहरुले त्यो सुविधा पाइसकेका छन् । विद्यालय र कलेजहरुमा खेलकूद अभ्याससम्बन्धी तालिम पनि संचालन गर्दैछौं ।
सीपमूलक तालिम ः
युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्न पाक शिक्षा, फोटोग्राफी, रेडियो प्रस्तोता, पथप्रदर्शक, भाषालगायतका तालिमहरु संचालन गर्दै आएका छौं । किसान र महिला लक्षित माटो परीक्षण, किटनाशक औषधी प्रयोग विधि, बेमौसमी खेती, कौसी खेती, ५ महिने कृषि प्राविधिक तालिमसम्पन्न ग¥यौं ।
बजार अनुगमन ः
नियमित बजार अनुगमनको क्रममा खाद्य, अखाद्य बस्तुहरु बेचबिखन गर्ने, मासु पसल, औषधी पसल जस्ता जनताको स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएका विषयहरुको अनुगमन गर्दै आएका छौं । अनुगमनको क्रममा म्याद नाघेका, कुहिएका वा खान अयोग्य देखिएका बस्तुहरु नष्ट गर्ने, कार्वाहीगर्ने, चेतावनी दिने र दण्ड जरिवाना गर्दै आएका छौं । यस काममा प्रहरी प्रशासनको तर्पmबाट पनि आवश्यक सहयोग प्राप्त भएको छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाको यो छैटौं नगरसभा उद्घाटन कार्यक्रममा सहभागी सबै मित्रहरुलाई हार्दिक स्वागत एवं अभिभादन गर्दछु ।
२०७६ माघ २८ गते, मंगलबार