नेवा: एकता समाज धरान भक्तपुर नगरको अध्ययन भ्रमणमा

नेवा: एकता समाज धरान भक्तपुर नगरको अध्ययन भ्रमणमा
भक्तपुर, माघ १२ गते
नेवा: एकता समाज धरानको समूहले आज भक्तपुर नगरको अध्ययन भ्रमण गरेको छ । भक्तपुर नगरले शिक्षा, स्वास्थ्य र कला संस्कृति संरक्षण तथा सरसफाईमा गरेको उन्नतीको प्रशंसा गर्दै धराने नेवार समुदायले भक्तपुर नगरको अवलोकन गर्नुका साथै ख्वप अस्पतालको अवलोकन गरेका छन् । आफ्नो पुर्खौली जन्मस्थल भक्तपुरबाट धेरै कुरा धराने जनताले सिक्नुपर्ने देखिएको भन्दै भक्तपुर नगरको अवलोकनकालागि दुई दिने भ्रमण टोली भक्तपुर आएकोे अध्ययन टोलीका सुनिल शाक्यले जनाएको छ ।


भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप सर्कलका कलेजहरु तथा ख्वप अस्पतालको समेत अवलोकन गर्दै भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरु तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग साक्षात्कार गर्ने जनाएको छ । नेवा: एकेता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ सहितको टोलीले आज भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुसँग साक्षात्कार गरेका थिए ।