रेडियो र टेलिभिजन व्यवसाय प्रवर्धनमा संलग्न जनशक्तिको क्षमता विकास तालिम सम्पन्न
काठमाण्डौं, माघ ९ गते
रेडियो र टेलिभिजन व्यवसाय प्रवर्धनमा संलग्न जनशक्तिको क्षमता विकास तालिम सम्पन्न भएको छ । विज्ञापन बोर्डद्वारा आईतबार र सोमबार गरी दुई दिन सम्म काठमाण्डौमा प्रदान गरेको सो तालिममा सहभागि तीन दर्जन विभिन्न रेडियो तथा टेलिभिजनका जनशक्तिहरुलाई आजै प्रमाण पत्र प्रदान गर्दै बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन रहित ( क्लिन फिड )विदेशी च्यानलहरुलाई मात्रै प्रशारण अनुमति दिएर तथा सामाजिक सञ्जालहरुमा समेत विदेशी विज्ञापन रोकेर नेपाली सञ्चार माध्यमको बचाउ गरेको बताएका छन् । क्लिन फिड लागु भएपछि विदेशी विज्ञापनदाताहरु समेत नेपाली मिडियामा आकर्षित हुन थालेकोले नेपाली मिडियाहरुलाई यसबाट फाइदा पुगिरहेको बताए । स्वदेशी मिडियामा विदेशी विज्ञापन बजे पनि नरोकिने तर विदेशी च्यानलबाट पूर्णरुपमा विज्ञापन प्रशारणमा रोक लगाएको कुरा प्रष्ट पार्दै उहाँले विज्ञापन बोर्डले नेपाली मिडियाको विज्ञापनहरुको समेत नियमन र अनुमति दिने नीतिगत व्यवस्थाको तयारीमा रहेको बताए । संसारमा हावा बाहेक सबै शुल्क तिरर मात्रै उपयोग गर्न सकिने अवस्थामा सञ्चार माध्यमका मौलिक कार्यक्रमहरुलाई हेरे र सुन्नेबाट मिडियालाई आम्दानी आउने गरी नीतिगत व्यवस्थामा समेत छलफल हुन आवश्यक भएको भन्दै अध्यक्ष हुमागाईले सञ्चार माध्यमको व्यवस्थित विकासकालागि तालिमहरुलाई निरन्तरता दिने बताए ।


रेडियो र टेलिभिजनको गुणस्तरीय सेवा उत्पादन र त्यसको बिक्रिले सञ्चार माध्यम सवल हुने भन्दै प्रशिक्षकहरुले बदलिन्दो परिवेश अनुसार स्रोता र दर्शकहरुलाई रुचाउने कार्यक्रम उत्पादनले मात्रै सञ्चार माध्यमहरुमा विज्ञापनदाता आकर्षित गर्न सकिने धाराणा राखेका थिए । जतिसुकै सामाजिक सञ्जाल विकास भए पनि रेडियो र टेलिभिजनका स्रोता र दर्शकहरु नघटेको चर्चा गर्दै आआफ््ना लक्षित वर्गलाई पायक पर्ने गरी गुणस्तरीय कार्यक्रम उत्पादन र बिक्रिकालागि प्रसारकहरु सक्षम हुनुपर्नेमा जोड दिएका थिए । सञ्चार माध्यमहरु व्यवस्थित र दीगो विकासकालागि अव आफ्नो सेवा बिक्रि गर्न ग्राहक आउँछ भनेर नबसि ग्राहकको घर दैलोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
यसरी दोस्रो दिन तालिम दिनेहरुमा डाक्टर भोजराज अर्याल, कष्यप शाक्य, र गोविन्द ढकाल रहेका थिए । उहाँहरुले आआफ्नो अनुभवहरु सुनाउँदै सञ्चार माध्यमको व्यापार प्रर्वधन गर्ने शैली, बजारको आवश्यकता र ग्याब तथा सञ्चार माध्यम र ब्यापार बारे प्रशिक्षण दिदै सैद्धान्ति र व्यवहारिक विषयहरुको प्रस्तुतीकरण गरी नेपाली रेडियो र टेलिभिजनहरुलाई सबल बनाउन प्रोत्साहित गरेका थिए ।
पहिलो दिनमा बोडका अध्यक्ष लक्ष्मण हुमागाई, सुजनराज श्रेष्ठ, र विरात श्रेष्ठले क्रमश: कन्टेन र मार्केटिङ, अण्डरस्टाइनडिङ कंजुमर एण्ड एसटिपि इन मिडिया मार्केटिङ तथा सेल्स प्याचिङ एण्ड नेगोसेशन स्कील्स बारेमा प्रशिक्षण दिएका थिए ।