२६ औ स्मृतिमा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने वाटिकाको तयारी
भक्तपुर, भाद्र ३१ गते
२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा सिंहको प्रतिमा अनावरण गर्ने भएकोे छ । गणेशमान सिंह स्मृति बाटिका कटुञ्जे भक्तपुरमा सिंहको ढलोटको प्रतिमा अनावरण गर्ने कार्यक्रम बारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा गणेशमान सिंह स्मृति बाटिकाका सभापति माथवरसिंह बस्नेतले भने हुन त नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेको आतिथ्यतामा पनि कार्यक्रम गर्न सकिन्थ्यो तर राष्ट्रपति रामचन्द्र पौडेयलको आतिथ्यतामा कार्यक्रम तर्जुमा भइसकेकाले हेरफेर गर्न मिलेन । बस्नेतले भने असोज २ गते राष्ट्रपति पौडेयलको उपस्थितिमा ड्रोन मार्फट सिंहको प्रतिमा अनावरण हुने कार्यक्रम बनाएका छौं । गणेशमानका बारेमा यहाँ भनिरहनुपर्छ जस्तो लाग्दैन सभापति बस्नेतले भने बाटिकाको ३३ करोडको गुरु योजना छ ।

१ सय ७५ रोपनी जग्गामा फैलिएको गणेशमान सिंह स्मृति बाटिका प्रतिमा अनावरण संरक्षण समिति २०५४ सालमै बनेको थियो । माओबादी द्वन्द र अन्य विभिन्न कारणले अहिलेसम्म (२६ वर्षपछि) पनि सिंहको प्रतिमा बन्न नसकेको भन्दै सभापति बस्नेतले सो बाटिकाको विकासका लागि निजि क्षेत्रसँग पनि साझेदारी गर्ने तयारी भएको बताए ।
कार्यक्रम बारे थप जानकारी दिदै बाटिकाका महासचिव कृष्णमुरारी न्यौपानले सिंहको प्रतिमा १२ सय केजी तौलको १२ फिट अग्लो ढलोटको हुने बताए ।
बाटिकाका सदस्य मदनकृष्ण श्रेष्ठले प्रतिमा अनावरण कार्यक्रमकालागि भएको तयारी र अतिथीहरु बारे सो अवसरमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।
बाटिकालाई गणेशमान सिंहका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातन्त्रका शहीदहरुका जीवन र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ र अनुभबीहरुबाट प्रवचन गराउने, छलफल चलाउने र त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरुक तुल्याउने बाटिकाको लक्ष्य रहेको पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा भनिएको छ ।
सिंहको प्रतिमा अनावरण पश्चात बाटिका क्षेत्रलाई प्रजातन्त्रिक आन्दोलनका शहीदहरुको जीवनीमा आधारित सामाग्री संग्रह गर्ने, संग्रहालय, पुस्तकालय, योगपार्क, चिल्डे«न पार्क, भ्यू टावर, पिकनिक स्थल निर्माणलाई जोड दिने बाटिकाका योजना छन ।
भक्तपुरको सूर्यविनायक मन्दिर परिसरमा बोलि फुटाउनेक्रममै गणेशमान सिंहको नाम गणेशमान न्वाराण भएकोले सूर्यविनायक गणेशमन्दिर परिसरमै लुचु माहदेव क्षेत्रमा गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति बनेको चर्चा गर्दै त्यसैकारण पनि बाटिकाको महत्व रहेको आयोजकहरुले सो अवसरमा बताए ।













