ख्वपको धिमय् सिक्न अब पुस्तक नै गुरु
ख्वपको धिमय् बाजाको परिचय र बोल पुस्तक सार्वजनिक
ख्वपको धिमय् सिक्न अब पुस्तक नै गुरु
भक्तपुर, भाद्र ३० गते
ख्वपको धिमय् बाजाको परिचय र बोल पुस्तक आज विमोचन भएको छ। धिमाय् मैंचा नामले परिचित धिमाय्बादक एवं प्रशिक्षक इन्दिरा लासिमस्युको लेखन तथा प्रकाशनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिवार ख्वप:छेंमा आयोजित एक समारोह बीच सो पुस्तकको विमोचन भएको हो ।
धिमाय् बाजा बजाउने र सिकाउने रुचि र सोखलाई पूरा गर्दै लेखक लाछिमस्युले धिमाय् वाजाका आफ्ना अनुभवहरु सहित धिमय्का आधारभूत सीप बोलहरु पुस्तकमा समेतिएका छन् । गाईजात्रामा बजाउने घिन्तांघिसि नाँचका बोलहरु र आफ्नो युवट्युव च्यानलका केही झलकहरु र अन्य फोटाहरु सहितको ५८ पृष्ठको सो पुस्तकले धिमय् सिक्न चाहनेहरुकालागि सहयोगि पुस्तक बन्ने लेखिका लाछिमस्युको भनाई छ ।
विद्यालयका बालबालिका देखि विश्व विद्यालयका धिमय्प्रेमीहरुलाई पनि भक्तपुरको धिमय् बजाउने सिप सो पुस्तकबाट दिन सकिने विश्वास लेखिकाको छ ।
आफ्नो बुबा, बाजेसँग धिमय् सिक्दा कण्ठष्ट पार्नुपनर्,े घोकन्ते पारले सिक्नुपथ्र्यो लेखिका लाछिमस्युले सम्झिन, गुरुहरुले सिकाएका र घोकाएका यी नै बोलहरुलाई आफूले लेखेर राख्ने गरेको चर्चा गर्दै लेखिका लाछिमस्युले ख्वपको पहिचान बोकेको धिमय्का अन्य विभिन्न बोलहरु समेत संग्रहित गरेर ख्वपको धिमय् बाजाको परिचय र बोल नामक पुस्तक बजारमा ल्याएको बताईन । एक हजार प्रति पुस्तक बजारमा ल्याएकी लेखिका लाछिमस्युले क्रमिकरुपमा अन्य बाजाहरुको पनि पुस्तक लेखेर बोलिमै सिमिति रहेका परम्परागत बाजाका बोलहरुलाई लिपिबद्ध गर्ने आफ्नो उदेश्य रहेको जनसञ्चार खवरलाई बताईन ।













