श्वेत भैरव साकोसको १९ औं स्थापना दिवसको अवसरमा रक्तदान र नि:शुल्क सदस्यता वितरण

श्वेत भैरव साकोसको १९ औं स्थापना दिवसको अवसरमा रक्तदान र नि:शुल्क सदस्यता वितरण
भक्तपुर, भाद्र २२ गते
श्वेत भैरव साकोसको १९ औं स्थापना दिवसको अवसरमा रक्तदान र नि:शुल्क सदस्यता वितरण थालेको छ । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको कार्यालय जेला ८ भक्तपुर प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक रत्न खायमलीले जनाएको छ ।


रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमसँगै श्वेत भैरव साकोसले नि:शुल्क सदस्यता वितरण थालेको छ । १८ सय जना साधारण सदस्यहरु रहेको सो साकोसले १९ औं स्थापना दिवसको अवसरमा भाद्र महिनाभरी नि:शुल्क सदस्यता वितरण कार्यक्रम बनाएको संस्थाका अध्यक्ष जितेन्द्र खायमलीले बताए । समुदायमा आधारित सहकारीको रुपमा विकास गर्दै श्वेतभैरव सहकारीले यही असोज २० गते साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ । सो दिनसम्म मोवाइल बैंकिङ्ग सेवा विस्तार गरि सक्ने गरी आवश्यक तयारी थालेको अध्यक्ष खायमलीले बताए ।