आधुनिक र परम्परागत नाँचहरुको मूल्यांकन सुरु

आधुनिक र परम्परागत नाँचहरुको मूल्यांकन सुरु
भक्तपुर, भाद्र १७ गते
भक्तपुर नगरमा गुन्हुपुन्हि (गाईजात्रा) पर्वका अवसरमा प्रस्तुत हुने आधुनिक तथा परम्परागत नाँचहरुको मूल्यांकन सुरु भएको छ । शनिबार साँझ ६ बजे देखि नगरको विभिन्न ३ स्थानबाट मूल्यांकन सुरु गरेको हो। भक्रपुर नगरपालिकाको आयोजनामा दत्तात्रय, नासमना र झुलाछें गरी ३ स्थानबाट गाईजात्राको अवसरमा प्रस्तुत हुने नाँचहरुको मूल्यांकन थालेको हो ।


जनप्रतिनिधी बिहिन अवस्थामा करिव करिब लुप्त भइसकेको नाँचहरुलाई पुन जागरित गर्न यो मूल्यांकनको महत्व रहेको भन्दै नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं मूल्यांकन कर्ता आशकुमार चिकंबन्जारले गाईजात्राको अवसरमा दर्ता गरिएका वा नभएका नाँचहरुलाई समेत नगरभरी नै देखाओस भनेर नगरका तीन ठाउँबाट मूल्यांकन गरी पुरस्कृत गर्दै आएको बताए । पुरस्कृत हुन तीन ठाउँबाटै मूल्यांकन हुनुपर्ने र तीन ठाउँकै मूल्यांकन कर्ताहरुको नतिजाबाट उत्कृष्ठ नाँचको रुपमा पुरस्कृत गर्ने नगरपालिकाको तयारी रहेको उहाँले बताए । नासमनास्थित मूल्याकन स्थलमा प्रस्तुत नाँचहरुको मूल्यांकनमा जुति रहनु भएका मूल्यांकनकर्ता चिकंबन्जारले प्रगतिशिल र परम्परागत नाँचहरुलाई निश्चित समय दिएर मूल्यांकन गर्ने कार्य शनिबार साँझबाट भएको बताए । सापारुको दिन घिन्तघिसि र सांको मूल्यांकन भएको र शनिबारबाट आधुनिक र परम्परागत नाँचहरुको मूल्यांकन सुरु भएका उहाँले बताए । यसै बीच अर्का मूल्यांकनकर्ता रामेश्वरी किसीले गाईजात्रामा देखाईने नाँचहरु भक्तपुरको पहिचान भएको भन्दै उहाँले यी नाँचहरुले यो भक्तपुर भनेर चिनाइरहेको छ भनेका छन् । यी नाँचहरु अरुले कपि गरेर विभिन्न ठाउँमा देखाउने गरिएता पनि गुन्हुपुन्हिमा देखाउने नाँचमा जस्तौ मौलिकता र मिठास नभएको उनको भनाई छ । हामी सानो छँदा यस्तो मूल्यांकनको ब्यवस्था थिएन, अहिले नगरपालिकाले गरेको मूल्यांकनबाट नाँचहरुको संरक्षण र कलाकारहरुलाई प्रोत्साहित गरिरहेको मूल्यांकनकर्ता किसीको भनाई छ ।
यस वर्ष विभिन्न विद्यालय र टोल टोलबाट पनि आधुनिक तथा परम्परागत नाँचहरु मूल्यांकनमा सहभागि हुने आयोजकहरुको विश्वास छ ।
शनिबार साँझ नासमनास्थित मूल्यांकन स्थलमा पहिलो मूल्यांकनका लागि जेठा गणेश भैल प्याखंको कवांचा प्याखं, खिचा प्याखं, ख्या प्याखं र भैल प्याखं प्रस्तुत गरेको थियो भने दास्रो प्रस्तुतीको रुपमा जनस्वास्थ्य सन्देश डेगु रोगबाट बच्ने उपायहरु सहित जनचेतना जगाउने गीति नाँचका रुपमा आजद आजाद मावि तथा कलेजले फाकंडली नाँच प्रस्तुत गरिएको थियो ।