चर्चा फेरी नगरकोट सडकको, दशैभित्र सम्पन्न नगरे सम्झौता नै रद्द गर्ने प्रजिअ रिझालको चेतावनीभक्तपुर, श्रावण २२ गते
९ वर्ष सम्म पनि हिलो मैलोमै रहेकोे कमलविनायक नगरकोट सडक खण्ड अबको दशैसम्ममा पूरा गर्ने गरी आज सो सडकको अनुगमण गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिझालको नेतृत्वमा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, ठेक्केदारका आधिकारीक व्यक्तिहरु, सडक विभागका प्रतिनिधीहरु, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधी एवं पत्रकारहरुको सहभागितामा भएको सो अनुगमणले आगामी दशैभित्रमा बाटो निर्माण पूरा गर्ने गरी सरोकारवालाहरु बीच समन्वयकारी भूमिका खेल्ने जनाएको छ । बाटो निर्माण पूरा गरी दशैमा नगरकोट ब्यापार मेलाको तयारी पनि थालेको स्थानीयले बताए ।
कहि सेनाको जग्गा परेकाले त कहि व्यक्तिका जग्गा घर, कल कारखानाहरुबाट बाटोमा फालेको पानीका कारण पनि बनि सकेको सडक भत्किएको र पहिरोको जोखिमा परेको भन्दै ति निकायहरुसँगको समन्वयमा बाँकी निर्माण कार्य पूरा गराउन पहल गर्ने गरी आजको अनुगमण सम्पन्न गरेको थियो ।


कमलविनायक लाहाँचा फल्चा देखि नगरकोटसम्मको बाटो निरिक्षण गर्दै अनुगमण टोलीले घुमाउनेस्थित सेनाको जग्गासँगको ढल व्यवस्थापनको कमिले बाटो भासिन लागेको अवस्था, शिव शिखर सहकारीको कारखानाबाट फालेको पानी बाटोमा आएर बाटो नै बगाएको अवस्था, चानपा ६स्थित निजि घर प्लटिगका कारणहरुले सडकमा पहिरोको जोखिम बढाएको, अन्य सहायक बाटोबाट बगेका पानी समेत मुलबाटोमा आएर बाटो बिग्रेको तथा कमसल ढल र नालि र ढल नै छोपिएर बनाएका सम्रचनाहरु, बाटोको बीचमै रहेको विद्युत, टेलिकमका पोलहरुले स्थानीय तह, नेपाली सेना, विद्युत प्राधिकरण, नेपाल टेलिकम र स्थानीय बासीहरु सहितका निकायहरुलाई समन्वय गरेर कमजोरी सुधार्ने र बाँकी निर्माण कार्य पूरा गराउने बताउँदै प्रजिअ रिझालले यदि ठेक्केदारले कमजोरी सुधारेर समयमै निर्माण कार्य पूरा गरेनन भने ९ वर्ष पर्खियो, अब भने ठेक्कै रद्द गर्ने प्रकृयामा जाने चेतावनी दिए ।


कहिले मन्त्री, कहिले उपप्रधानमन्त्री, सांसद, नीति निर्मा सहितका उच्च तहका नेतृत्वहरुले समेत निरिक्षण र अनुगमण गरि देश विदेशमा समेत चर्चा पाएको सो सडक निर्माण ९ वर्ष बिति सक्दा पनि अझै अधुरो र कमसल देखिएकोप्रति सबैका गुणासो छ । ठेक्केदारले अन्य कमजोरी देखाउँदै ९ वर्ष लम्ब्यायो, अब लम्ब्याउनु ठीक छैन, स्थानीयले भने । ठेक्केदारहरु ८० ।९० प्रतिशत काम सम्पन्न भयो भन्छन्, तर बाटो गुणस्तरीय छैन, नगरकोट सडक खण्ड निर्माणमा सबैको गुनासो छ ।
देशकै उत्कृष्ठ र महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलको रुपमा रहेको नगरकोट सडक खण्ड धुलो र मैलो मै रहेको बेला यस्का कमजोरीहरु सुधार गराएर बाटो निर्माण पूरा गराउन जिल्ला स्थित राजनैतिक दलका नेताहरुको पनि जोड छ । अनुगमणमा नेमकिपाका न्हुछे फोजू, कांग्रेसका शुसिल बस्नेत, एमालेका बचन देउजा, राप्रपाका रविन्द्र प्रताप शाह, माओबादीका सुनिल बासु, राजमोका राजेश गोसाई ठेक्केदारका आधिकारीक व्यक्ति अनुप अधिकारीका साथै चानपाका उपप्रमुख रमेश बुढाथोकी, चनपा ६ का वडाध्यक्ष धनबहादुर लामा, नगरकोट नाल्डुंग पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्ग र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति सहित पत्रकार र सुरक्षा निकायको टोली सहितको सहभागिता थियो ।
सहभागि प्रतिनिधीहरुले महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा रहेको नगरकोट सडक निर्माण गुणस्तरीय हुनुपर्ने र यस भन्दा अगाडीको अनुगमणहरुमा ठेक्केदारकै कमजोरी बढी थियो, स्थानीयले पनि हिलो र धुलो मुक्त हुने गरी छिटो निर्माण गर्न विभिन्न दवाफमुलक कार्यक्रम आयोजना गरेको थियो तर स्थानीयकै अबरोधहरुका समस्याले बाटो निर्माण ओझेलमा परेको नखुलेको भन्दै ठेक्केदारले गुणस्तरीय सडक निर्माणमा जोड दिनुपर्ने र भएका समस्याहरु सर्व दलिय बैठकबाट सम्बोधन गर्ने बताएका थिए ।
नेपाल सरकारको ४९ र भारतीय एक्जिम बैंकको ५१ प्रतिशत लगानीमा शैलुन कन्ट्रक्सनले निर्माण थालेको सो सडक निर्माणका सामग्रीको बिल ७५ प्रतिशत भारतीय हुनुपर्ने सर्तहरुले पनि निर्माण कार्य धिला भएको अनुमान स्थानीयको छ । निर्माण सामग्री पनि भारतीय हुनुपर्नेे अनि भुक्तानी पनि धिला गर्ने कुराले यो बाटो निर्माण धिलाई भएको भित्रि चर्चा छ । देशका विभिन्न स्थानमा भारतीय एक्जिम बैंकका लगानीहरु विवादमा परिरहे जस्तै कमलविनायक नगरकोट सडक निर्माण कार्य पनि लामो समयसम्म विवादमा परेको निर्माण व्यवसायीको विश्लेषण छ ।
नगरकोट जाने महत्वपूर्ण पर्यटकीय बाटो आसपाल क्वालिटिको नै हुनुपर्ने हो सबैको मत यस्तै देखिन्छ तर ठेक्केदारका आधिकारिक प्रतिनिधी अनुप अधिकारीका अनुसार भने नगरकोट पर्यटकिय स्थल भए पनि आसपाल क्वालिटिको सम्झौता नभएकोले सम्झौता अनुसार डिबि एसडि क्वालिटिको मात्र बनाउने तयारी भएको उहाँले बताए । डिबिएसडि क्वालिटिले १० देखि १४ एमएमसम्मको मात्र कालोपत्र भइरहेको उनको भनाई छ । सम्झौता डिबी एसडीको कसरी हुन सक्छ आसपाल क्वालिटीको, सडक निर्माण धिला भएपनि आगामी दशैभित्र सम्पन्न गरी ३१ करोडको ठेक्का २९ करोडमै पूरा गरी सरकारलाई ३ करोड फिर्ता हुने उनको दाबी छ। यद्यपी सो सडक निमार्णसँगै अन्य सहायक कार्यका लागि करोडौ सरकारी रकम खर्च भएको पनि उनले स्वीकारेका छन् ।
२०७१ साल देखि ३१ करोडमा निर्माण थालेको सो सडक ९ वर्ष पछि आगामी दशैमा निर्माण कार्य पूरा गर्ने तयारीमा रहेको उनले बताए । नगरकोटस्थिते मुख्य खण्ड करिब ४ सय मिटर निर्माण पूरा गरेपछि खाल्डाखुल्डी सम्याएर कमलविनायक नगरकोट सडक निर्माण कार्य पूरा गर्ने ठेक्केदारको तयारी छ । ढल व्यवस्थापन, विद्युत र टेलिकमको पोल सार्ने काम हुन नसक्दा, सेनाको ब्यारेक क्षेत्रका सडक चलाउने अनुमति नहुँदा तथा निजि घरहरुले आफ्नो निकास तथा वर्षाको पानी समेत सडकमा बगाउँदा तथा निर्माण सामाग्री ढुंगागिटी समेत बाटोमै थूपारिदा, जोखिमयुक्त पहाडमा समेत प्लटिङ्ग र घडेरी खारिन्दा, बाटोको दायाँ, बायाँ नालि निर्माण नहुदा सडक थप कमजोर भएको ठेक्केदारका आधिकारी प्रतिनिधीहरुको दाबी छ ।
ठेक्केदारले औल्याएका कमि कमजोरी र ठेक्केदारबाटै भएका कमजोरीहरुलाई समेत ध्यान दिदै सम्झौता अनुसारको गुणस्तरीय सडक निर्धारित समयमै सम्पन्न गराउन अनुगमण टोलीले जोड दिदै सरोकारवालाहरुलाई पहल गर्ने भएको छ ।
सरकारसँग २०७१ सालमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको शैलुन कन्ट्रक्सनले जे जेस्तो सम्झौतामा बाटो निर्माण गरेको थियो सोही अनुसार भए पनि निर्माण पुरा गरी सरकारलाई छिटो हस्तान्तरण हुनुपर्ने र त्यसपछि नगरकोटलाई प्राकृतिक रुपमै थप सुधार कार्यकालागि पहल समेत हुने गरी स्थानीय समुदाय बताउँछन्् ।













