श्रीपञ्चमीका अवसरमा लिटिल वल्र्डमा सरस्वती पूजा तथा रक्तदान

१६ माघ २०७६
भक्तपुर
लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरद्धारा श्रीपञ्चमीको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम, तेस्रो त्रैमासिक परीक्षाको परीक्षाफल वितरण र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरियो । विद्यालयमा भर्नाहुन आएका साना नानीहरुलाई सरस्वतीको पूजा आराधाना गराएर अक्षरारम्भ गराइयो । विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठ तथा शिशु कक्षाकी संयोजक रिता हाछेथुले पुष्प गुच्छा र उपहार दिएर स्वागत गर्नु भएको थियो । १७ छात्रा र १४ छात्रा गरी ३१ जना विद्यार्थीहरुका अभिभावकले भर्ना गराउनुभएको थियो । आजैका दिन विद्यार्थीहरुलाई तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरीएको कुरा विद्यालयका अक्ष्यक्ष प्रकाश दुवालले जानकारी दिनुभयो ।

श्रीपञ्चमीकै अवसरमा विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्तसंचार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा सम्पन्न भएको थियो । विद्यालयका संस्थापक निर्देशक दिनेश थापाको संयोजकत्वमा संचालित रक्तदान कार्यक्रममा विद्यालयका संचालकहरु, शिक्षक शिक्षिकाहरु र अभिभावक गरी २४ जनाले रक्तदान गर्नुभएको थियो ।