धुम्रपान विरुद्ध भक्तपुरमा चित्रकला र साईकल यात्रा
भक्तपुर, जेष्ठ १७ गते
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले बुधबार चित्रकला तथा साइकल यात्रा गरेको छ । धुम्रपान कै कारण मुख, घाँटी, फोक्सो, मुत्रठैली सहित मानव शरीरमा हुने गरेको क्यान्सर रोग रोकथामकामा जनचेताना अभिवृद्धिका लागि सो कार्यक्रम आयोजना गरेको अस्पतालका ब्यवस्थापक राजाराम तजलेले जनाएको छ । अस्पताल प्रांगणबाट रिवन काटेर व्यवस्थापक तजलेले सुरु गरेको साईकल र्यालीले भक्तपुर नगरको दुधपाटी, नासमना, तौमढी, स्कूलध्वका, दत्तात्रय, च्याम्हासिंह, कमलविनायक, ख्वप कलेज देकोचा, पकुनेपाटी हुँदै एैतिहासिक चाँगुनारायण मन्दिर परिसर हुँदै पुनः भक्तपुर क्यान्सर अस्पतालसम्म र्याली गरेको थियो नो टोबाको नारा सहितको टिर्सत सहित ६६ जना युवाहरुले र्यालीमा सहभागिता जनाएका थिए ।


यसै बीच अस्पताल प्रांगणमा आयोजित चित्रकला प्रतियोगितामा जिल्लाका १६ वटा विद्यलयकाका २१ जना बालबालिकाहरुले धुम्रपान विरुद्ध जनचेतना जगाउने चित्रहरु कोरेर चित्रकला प्रतियोगितामा सहभागिता जनाएका थिए । सहभागि विद्यार्थीहरु मध्ये बागेश्वरी माविका विद्यार्थी पहिलो, बासु माविका विद्यार्थी दोस्रो र आर्दश आजाद माविका विद्यार्थी तेस्रो भएका थिए । उत्कृष्ठ चित्रकार बालबालिकाहरुलाई अस्पतालका डाक्टर पुण्यराम खर्बुजाले पुरस्कृत गरेका थिए भने सहभागि चित्रकार र साइकल यात्रीहरुलाई अस्पतालका व्यवस्थापक राजाराम तजलेले प्रमाण पत्र प्रदान गरेका थिए । चित्रकला प्रतियोगिताको मूल्यांकन जगतराम धुख्वले गरेका हुन । अस्पतालका नर्स लक्ष्मी केशरी श्रेष्ठले पनि सो अवसरमा सहजिकरण गरेका थिए भने नर्भिक अस्पतालका नर्सहरुले धुम्रपानले हुने क्यान्सर जन्य रोग रोकथाम सम्बन्धि नाटक प्रस्तुत गरेका थिए ।

















